काठमाडौं । भारतीय गायक सोनू निगमको काठमाडाँैंमा एकल साँझ हुने भएको छ । आईतबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै आगामी क्रिसमस २५ डिसेम्बरमा काठमाडौंको होटल हायातमा उनको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक आयोजना हुन लागेको जानकारी गराईयो ।
यो कार्यक्रम नेपाली टच–नेपालले आयोजना गर्न लागेको हो । विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा यसपटक नेपालमा यो कार्यक्रम आयोजना गर्न लागिएको पनि आयोजक पक्षले आईतबार पत्रकार भेटघाटका क्रममा बताए ।
नेपाली टच नेपालका प्रमुख राजकुमार गोस्वामीले भने, ‘हामीले विगत १४–१५ वर्षदेखि अष्ट्रेलियामा कार्यक्रम गरिरहेका छौं। आफ्नै देशमा किन कार्यक्रम नगर्ने भनेर नेपालमा यो कार्यक्रम गर्न लागेका हौं ।’ उनले थपे, ‘हामीले यो कार्यक्रम मार्फत नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्न लागेका हौं । यसले नेपाली पर्यटनमा पनि सहयोग गर्ने आशा हामीले राखेका छौं ’
कार्यक्रमका लागि आईतबारबाटै टिकट बिक्री सुरु भएको पनि गोस्वामीले घोषणा गरे । यो कार्यक्रममा सोनी निगमले भारतीयसँगै केही नेपाली गीत पनि गाउने आयोजक पक्षले जनाएको छ । आफुले गाएका केही नेपाली गीतहरुसमेत सोनीले गाउन तयारी भईरहेको पनि पत्रकार भेटघाटका क्रममा जनाईयो । कार्यक्रमको लागि टिकटको मुल्य २ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म राखिएको पनि उनले बताए ।






