सोल्मा स्पोर्टस् क्लबलाई यू–१७ फुटबल प्रतियोगिताको उपाधि

विजेता टोलीलाई पुरस्कार ट्रफी हस्तारन्तरण गर्दै जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई (महेश), जिल्ला फुटवल संघका अध्यक्ष एबम् स्पोर्टस् क्लबका अध्यक्ष धु्रवविक्रम राईलगायत ।

खोटाङ । खोटाङको सोल्मा स्पोर्टस् क्लब (निलो) ले प्रथम सोल्मा यू–१७ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोल्मा स्पोर्टस् क्लबको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा दिक्तेल फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफको ५ औं मिनेटमा प्रवीण तामाङले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा गोलकिपर पास्कल बस्नेत र तिलक कार्कीले थप एक–एक गोल गर्दै उपाधि जिताएका थिए । विजेता टोलीले २५ हजार र उप–विजेताले १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । व्यक्तिगत विधातर्फ सोल्मा निलोका तिलक कार्की उत्कृष्ट खेलाडी घोषित भए ।

कार्कीले २,२२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । अन्य विधागत पुरस्कार विजेताहरूले १,१११ रुपैयाँ नगद प्राप्त गरेका छन् । प्रवीण तामाङ सर्वाधिक गोलकर्ता, पास्कल बस्नेत उत्कृष्ट गोलकिपर, दिलीप राई उत्कृष्ट डिफेन्डर, आशिष राई उत्कृष्ट मिडफिल्डर र सनम राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई (महेश) को उपस्थितिमा सबै विजेता खेलाडीहरुलाई पुरस्कार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला फुटवल संघका अध्यक्ष एबम् स्पोर्टस् क्लबका अध्यक्ष धु्रवविक्रम राईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

epaper

ताजा समाचार

१ श्रावण २०८३