सिरहा । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको बिष्णुपुर गाउँपालिका बाट सिरहा प्रहरी ले लागू-औषध सहित दुई जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाबाट खटिएको गस्ती टोलीले बिष्णुपुर गाउँपालिका -१ भोला बाबा चौकस्थित चेकजाच गर्ने क्रममा बि.आर. ३२ आर. २३३४ को भारतिय नम्बरको मोटर साइकलमा आउदै गरेको
सिरहा नगरपालिका -१५ को २८ बर्शिय बमशंकर कुमार यादव र सिरहा नपा १६ को गोबिन्दकुमार यादवको साथबाट डाइलेक्स डि.सी – ४५ बोतल सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।
पक्राउ परेको दुबै जना लाई आबश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा मा ल्याइ थप अनुसन्धान कार्य भइरहेको एसपी चतुर्बेदीले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)






