मौरीको घार राख्ने विषयमा विवाद हुँदा भाइले दाजुकाे हत्या


दोलखा । मौरीको घारको विषयमा विवाद हुँदा भाइले कुखुरी प्रहार गरी दाजुको हत्या गरेका छन् ।

मंगलबार राती करिब ७ बजे शैलुङ गाउँपालिका ३ का ५३ वर्षीय रामबहादुर खड्काले आफ्नै ५७ वर्षीय दाजु दुर्गाबहादुर खड्कालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका थिए । गम्भीर भएका खड्काको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिऐ ।

खुकुरी प्रहार गर्ने रामबहादुरलाई खुकुरीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाजु भाइबीच मौरीको घार कहाँ राख्ने र कस्को स्वामित्व हुने विषयमा लामोसमयदेखि घरायसी झगडा हुँदै आइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर