वीरगन्ज । बारामा अवस्थित ‘गढीमाई’ मन्दिरमा लागिरहेको पञ्चवर्षी मेलाको विधिवत उद्घाटनसँगै छिमेकी जिल्ला पर्सामा मेलामा आउने आन्त्रिक र वाह्य पर्यटकले पर्साका होटल भरिन थालेका छन् । मेलामा आउने आगन्तुक तथा पर्यटकले पर्साको वीरगन्जमा रहेका करिब ८० वटा होटलहरु भरिन पुगेका हुन् ।
पर्साको वीरगन्जमा रहेका परिचित केही होटलहरु त पाँच छ दिनदेखि ‘प्याक’ रहेको होटल संघ नेपाल मधेश प्रदेशका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले बताए । ‘गढीमाईको कृपाले अहिले त पर्साको हस्पिटालिटी सन्तोषजक छ’ उनले भने । सबै होटलहरु त भरिसकेका छैनन् । तर पहिलेकोभन्दा आगन्तुकको प्रभाव बढेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले पनि बताए ।
आगन्तुक (पाहुना) लाई होटल तथा पर्यटन व्यवसायीहरुले स्तरीय सेवा प्रवाह गर्ने भएकोले पर्साको वीरगन्जमा आगन्तुकहरुले बासस्थानको लागि रुचाएको उनको तर्क छ । होटल तथा पर्यटन व्यवसायीहरुले जति राम्रो सेवा दिन सक्यो उति पर्यटकहरु पनि आकर्षित हुने गरेको अध्यक्ष पन्तले बताए ।
आगन्तुक तथा पर्यटकहरुको सेवा सत्कार गर्ने कुरा परिवर्तित समयमा ‘हस्पिटालिटी’ का रुपमा चर्चा हुने गरेको छ । पछिल्लो समय वीरगन्ज क्षेत्रको हस्पिटालिटीको अवस्था पनि सुदृढ भएको कारण पर्यटक तथा आगन्तुक वीरगन्ज क्षेत्र प्रति आकर्षित भएको पनि होटल तथा पर्यटन व्यवसायी संघका केन्द्रिय सचिव समेत रहेका अध्यक्ष पन्तले दावी गरे ।
पाहुनालाई ‘अतिथिदेवो भवः’ भनी नेपाली जनबोलीमा बोलिने उक्ति जस्तै वीरगन्ज क्षेत्र (पर्सा, बारा) मा सेवा दिइदै आएको र पञ्चवर्षीय मेलामा पनि आगन्तुकको वीरगन्ज क्षेत्र प्रति आकर्षण देखिएको स्थानीय होटल तथा पर्यटन व्यवसायीहरुको तर्क छ । पुरानो उक्ति जस्तै नेपालमा पाहुनालाई राम्रो सेवा सत्कार गर्ने चलन छ । ‘त्यो संस्कारबाट वीरगन्जका होटल तथा व्यवसायीहरु पनि प्रभावित छन् ।
त्यसैले आगन्तुक र पर्यटकहरु बारामा मात्र केन्द्रित नभई पर्सामा रहेका प्रायः सबै होटलहरुमा आइरहेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका महासचिव माधव बस्नेतले पनि बताए । आन्तरिक र वाह्य पर्यटक हाम्रा पाहुना हुन् । ’emलाई राम्रो सेवा सत्कार गर्ने गरिएको छ । त्यसैले वीरगन्जका चार तारे होटल सहित करिब ८० वटा जति होटल भरिन थालेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष रचेन्द्र थापाले पनि तर्क गरे ।
यो क्षेत्रमा आउने जो कोहीले अब मन खुम्च्यिाएर जान पर्दैन । ‘एटेच बाथरुम’ सहितका सुविधा सम्पन्न होटलहरु अहिले पाहुनालाई सेवा दिइरहेका छन् वीरगन्ज गेटवे होटलका संचालक तथा होटल तथा पर्यटन व्यवसायी संघ पर्साका सदस्य कुबेर कार्कीले पनि बताए । वीरगन्जको हस्पिटालिटीको सकारात्मक प्रचारसँगै गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको कारण पनि अहिले राम्रो अवस्थामा होटल तथा पर्यटन व्यवसाय रहेको उनको भनाइ छ ।
अझ पर्यटकको मन लोभ्याउने, अवलोकन गर्ने दृष्य निर्माण र पाहुनाहरुको सेवा, सत्कार हुनसके छिमेकी मुल्ुकबाट आउने पर्यटकको संख्या अझ बढ्ने होटल तथा पर्यटन व्यवसायीहरुले बताए । ‘यसमा राज्यको पनि सकारात्मक सहयोग अपरिहार्य छ’ उनीहरुले भने ।






