रबि लामिछानेलाई पोखरा-काठमाडौं-सिमरा हुँदै वीरगन्ज लगिदै

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनलाई पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।

लामिछानेलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको हो । उनलाई साढे २ बजेको उडानमार्फत सिमरा पठाइने छ भने त्यहाँबाट स्थलमार्ग हुँदै पर्सा पठाइने मधेस प्रदेशका डीआईजी लालमणि आचार्यले जानकारी दिए ।

ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवनपछि अब पर्सामा बयान लिइनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय