काठमाडौं । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालको उच्च उचाइमा रहेको हिमनदी भत्किँदा यो अहिलेको विपत्ति आएको ब्रिफिङ गरेका छन ।
विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार भएको पत्रकार सम्मेलनमा चीनको केरूङ र नेपालमा आएको बाढीका विषयमा पत्रकारहरूले राखेका जिज्ञाशाको जवाफ दिँदै यस’bout जानकारी गराइएको त्याहाँका सञ्चारमाध्यमले जनाएका छन ।
‘चीन र नेपालका विज्ञहरू तथा आधिकारिक संस्थाहरूले विपत्तिको कारण’bout प्रारम्भिक मूल्याङ्कन गरेको हामीले जानकारी पाएका छौँ। उनीहरूको विश्लेषणअनुसार, नेपालमा उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि यो विपत्ति उत्पन्न भएको हो’ उनले भनेका छन् ।
उनले बाढीको विषयमा आज चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले गरेका निर्णयहरू प्रभावकारी रुपमा लागु गर्ने उल्लेख गरेका छन् । चीनको सञ्चार माध्यम सीजीटीएनले उच्च भेगमा रहेको ग्लेसियर पग्लिएर ताल बनिरहेको भन्दै केही बेरअघि एएटा ड्रोन तस्बिर सेयर गरेको छ ।
सम्बन्धित समाचार
सात वर्षीय छोरालाई बाटोमा एक्लै छाडेर बाबु आरोहणका लागि हिँडेपछि…
युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै
यी हुन्- विश्वका सबैभन्दा ५ मोटा नेता
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
सुदूरपश्चिम प्रदेशसभा : एकै वर्षमा राज्यकोषबाट १४ करोड खर्च, कानुन बनाउन भने सुस्त
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
बडीमालिका पूजा आजदेखि प्रारम्भ





