होस्टेल ३ को छायांकन ४९ दिनमा सकियो

काठमाडौं । आगामी महाशिवरात्रीमा रिलिज गर्ने लक्ष्यका साथ छायांकनमा गएको चलचित्र ‘होस्टेल ३’को छायांकन बल्ल सकिएको छ । यो चलचित्रको छायांकन ४९ दिनमा सकिएको हो ।

तथापि कलाकारको शारीरिक परिवर्तनको मोनटाजको थोरै छायांकन भने रिलिजको दुई साता अघि गरिने यसको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रलाई सशान कँडेलले निर्देशन गरेका छन् । यस अघि निर्माण भएको होस्टेल र होस्टल २ को सफलतापछि यो तेश्रो सृंखला निर्माण गरिएको पनि निर्देशक कँडेलले बताएका छन् । अझै चलचित्रको पाविधिक कामहरु धेरै नै बाँकी भएकाले पूर्व घोषित मिति १६ फागुनमा रिलिज नहुने भएको छ । अब चलचित्रको नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जानकारी पनि निर्माण टिमले गराएको छ ।

यो चलचित्रमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ । यी मध्य धेरैजसो कलाकार टिकटकबाट निर्माण पक्षले चयन गरेको हो ।

होस्टेल ३ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् । यसको कथा भने निर्देशक कँडेलकै हो । चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गरेको हो ।

होस्टेल ३ मा अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, यम प्रसाद ओली प्रोडक्सन डिजाइन रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा शँकर कोइराला, निर्मातामा कर्ण कार्की र गोविन्द अधिकारी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन