लमजुङ । लमजुङ जिल्ला सदरमुकाम बेशिसहरबाट १४ बर्षिय किशोरीलाई भारततर्फ बिक्री गर्न खोजेको आरोपमा ३ जना लाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार सार्वजनिक गरको हो ।
देश भारत जिल्ला मोतिहारी घोडासान थाना बकुलिया ५ घर भई हाल बेसिशहर नगरपालिका– ७ मा बस्ने ४० बर्षिय सेख सईतुला समेत तीन जना रहेका छन् । उनीहरूले ति पिडित १४ बर्षिय किशेरी नाम परिवर्तित श्रीकला बेशिसहर नगरपालिका– ७ लाई ललाइ फकाइ गर्दै अपहरण गरी लगेका रहेछन् ।
ति किशोरी गत मसिंर २४ गते देखि हराएकी थिइन् । उनलाई आफन्तजनले खोजी गर्ने क्रममा तीन दिन अगाडी फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक निसान्त श्रीबास्तबले बताए । उनका अनुसार किटानी दाहेरी परे पछि पक्राउ गरि अनुसन्धान थालिएको हो ।
ति किशोरीलाई बेशिसहर नगरपालिका–७ बस्ने सेख सईतुला समेतका तिन जनाले अपहरण गरी लगेको पुष्ठि हुन आएको प्रहरी भनाइ छ । उनीहरू तीनजनालाई पक्राउ गरी निजहरु उपर अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुर मुद्धामा श्री सम्मानित जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद आज थप भएको छ । उनीहरू विरूद्ध थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






