सरकारले लकडाउन घोषणा गरे लगत्तै हतारिएर गाउँ हिँडेको राजिब (परिवर्तित नाम) ले एक महिनासम्म गाउँमा मस्ती ग-यो । बा रुख चढन नसकेको बुढो काभ्रोको रुखमा चढ्यो । घाँस झा-यो । बनमा गएर घोचा काट्यो र भित्री बारीमा बार लगायो । अब तीन वर्षलाई ढुक्क भो । भित्रीबारीमा बाख्रा पस्यो भन्दै उसको आमाले छिमेकीलाई गाली गर्नु पर्ने छैन । मोल बोक्यो, बाँझो बारीमा ट्याक्टर लगायो । बा,आमाका लागि बर्खाभरिलाई पुग्ने दाउरा पनि जोहो गरिदियो । अहिले गाउँमा उसका दमौली धेरै जम्मा भएका छन् । खसी काटे, कुखुरा काटे । बनमा गएर ऐसेलु काफल पनि खाए ।

दिदीको घर एकघन्टा टाढा थियो । भाइ भेटन भन्दै दिदी आई । दिदीसंगै भान्जा भान्जी पनि आए । सबै जहान जम्मा भएपछि मिठा परिकार बनाएर खाने संस्कार नै उसको घरमा पनि त्यसै भयो । बा र आमाले गरेको खेतीकै भरमा सँधै मिठो सम्भव थिएन । काठमाडौं बसेको छोराले पसलमा किन्न जाँदा आमासंग पैसा माग्ने कुरा पनि भएन । उसको गोजी रित्तियो । एकसातामा लकडाउन खुल्ला र काठमाडौ फर्किम्ला भनेर गाउँ हिँडेको राजीब एक महिना गाउँ बसेपछि काठमाडौ फर्कियो ।

आफ्नै मोटरसाइकलमा काठमाडौ आएको उसलाई काठमाण्डौ भित्रन खासै समस्या परेन । चेकिङका लागि राजमार्गमा बसेका प्रहरीले परिचयपत्र हेर्दै टाढैबाट जानुस् भने । उ काठमाडौमा मोटरसाईकलमा सामान बोकेर पसल पसलमा बिक्री गथ्र्यो । त्यहि सामान बिक्री गरेबापत आउने थोरै कमिशनले जीबिका चलाउथ्यो । केही बचाउथ्यो पनि । कोरोना भाइरसको हल्ला चलेसंगै उ बैंकलगायत भिडभाड हुने ठाउँमा जान छाडेको थियो । केही पैसा डेरामै राखेर हिँडेको राजीब त्यहि सिरानीमुनी राखेको पैसा लिन काठमाडौ आएको थियो ।

‘ए भाई किन आएको यस्तो संक्रमणको बेलामा ?’

एकसातादेखि नधोएको मैलो कपडाको मास्क लगाएर उभिएको अवस्थामा घरबेटी अंकलसंग गेटैमा भेट भयो ।
‘काठमाडौं कस्तो भयो भनेर बुझ्न आएको नि ?’

घरवेटी अंकललाई उसको कुरा चित्त बुझेको थिएन ।

‘यस्तो लकडाउनको बेला कहाँ हिँडन पाइन्छ । अब यहि बस्ने हो भने मैले बनाएको नियम मान्नु पर्छ । बिहान एकपटक तरकारी किन्न जान पाइन्छ । तरकारी किनेर आइसकेपछि भित्र बाहिर गरिरहन पाइन्न ।’

घरबेटी अंकल अरु पनि केही भन्न खोज्दै थिए । उ आफ्नो कोठामा गएर पैसा निकालेर आइसकेको थियो ।

‘अंकल म त पैसा सकिएर आएको आजै गाउँ फर्किन्छु । बरु तपाइले मुखमा लाउनु भएको मास्क मैलो भएछ । धुनुस् नत्र त्यहि मास्कबाट तपाईलाई संक्रमण हुन्छ ।’ अंकलले हत्तपत्त मास्क झिके र हेरे । राजिब बाइक स्टार्ट गरेर अघि बढ्यो ।
रामेछापबाट काठमाडौं आएका घरबेटी अंकलले कलंकीमा तीन आना दुई पैसामा दुई तले घर बनाएको १० वर्ष भयो । एक तलामा आफु बस्छन् एकतला भाडामा दिएका छन् । भाडा धेरै लिन पाइन्छ भनेर चार कोठामा चार परिवार राखेका छन् । दुई परिवार गाउँ गए, दुई परिवार यहि छन् । त्यो दुई परिवारलाई थुनेर राखेका घरबेटी अंकललाई फोहोर मास्कले संक्रमण फैलन्छ भन्ने थाहा छैन तर, कोठामा बस्नेलाई बाहिर जान दियो भने संक्रमण फैलन्छ भनेर चिन्तित छन् ।
०००

गाउँमा छँदा राम्रै गरेको थियो राजीबले । हल गोरु गोठमै थियो । बाख्रा, कुखुरा ,एउटा लैनो भैंसी । आफ्नै बारीको खेतीले वर्षभरि खान पुग्थ्यो । दिदीहरुको बिहे भएपछि बा, आमा र उसले खेती धानेका थिए । उसका उमेरका प्राय खाडी हिँडे । केही काठमाडौं छिरेका थिए । खाडीबाट पठाएको रेमिट्यान्सले छिमेकीले खरको छानो फालेर रंगीन जस्ता हाले । सुटकेश काँधमा बेकेर फर्किनेहरुले चहकिलो बत्ती (बोकेर हिँडने लाईट)संगै रंगीन टिभी पनि ल्याए । खरको छानो लगाएको उसको घरमा रंगीन टिभी कल्पना भन्दा टाढाको विषय थियो ।

 

राजीब शहरमा बस्ने एउटा गरिब पात्र हो । बाध्यताले शहर छिरेको राजीबले साइकल चढेर हिँड्दा मोटरसाइकल चढने सपना देखेको थियो । त्यसपछि नयाँ सपना देख्न छाड्यो । बा आमाले हामीले सकेनम् गाउँ आइज नभनेसम्म मात्रै काठमाडौंमै बस्ने योजना छ उसको ।

छिमेकीका छोराहरु रंगीन टिभी बोकेर गाउँ भित्रने बित्तिकै उसका बाआमालाई लाग्न थाल्यो । ‘हाम्रो छोरो त सिल्ली पो रहेछ ।’ घरमै बसेर हरेक दिन आफैंलाई काम सघाउने छोराको कर्मप्रति उमेरले ६० कटेका बाबु आमाले गर्व गर्न सकेनन् । ‘एकपटक देश नचाहर्ने छोरा काम लाग्दैन ।’ आमाले भनिन् ।

‘तेरो छोराको आँट छैन, यस्ता सिल्लीको के कुरा गर्नु ।’ बाले थपे ।

दसै तिहारमा पँधेरामा भिड हुन्थ्यो । शहरमा बस्नेहरु नयाँ रुमाल, साबुन, सेम्पु बोकेर नुहाउन जान्थे । राजिब पनि त्यहि भिडमा नुहाउथ्यो । उ भन्दा कालो छाला भएकाहरुको हातगोडा सुकिलो थियो तर, राजिबले जति घोटे पनि आफ्नो कुकुच्चा सुकिलो बनाउन सकेन ।

‘तँ त म भन्दा गोरो थिइस् तेरो खुट्टा किन यति कालो ।’ शहरमा बस्नेहरुले सोध्थे । उसंग जवाफ थिएन ।

यता कुकुच्चाको मैलो नगएकोमा त पीडा थियो नै । छिमेकीहरुले क्रमश रंगीन जस्ता लाउन थालेपछि उसलाई लाग्यो । ‘मेरो घर गाउँकै झुप्रो ।’ तीनवटा खसी बेच्यो, जस्ता लायो । ब्याउने भैंसी बेच्यो रंगीन टिभी पनि किन्यो । यी सबै गर्दा पनि बा आमाको चित्त बुझाउन सकेन र काठमाडौं हानियो । जीबीकोपार्जनका लागि साइकलमा सामान बोकेर पसल पसल बिक्री गर्दै हिँड्यो । यसैगरि बचाएको पैसाले अहिले मोटरसाइकल किनेको छ ।

राजीब शहरमा बस्ने एउटा गरिब पात्र हो । बाध्यताले शहर छिरेको राजीबले साइकल चढेर हिँड्दा मोटरसाइकल चढने सपना देखेको थियो । त्यसपछि नयाँ सपना देख्न छाड्यो । बा आमाले हामीले सकेनम् गाउँ आइज नभनेसम्म मात्रै काठमाडौंमै बस्ने योजना छ उसको । उ जस्तै एउटै कोठामा डाइनिङ, किचन र बेडरुम बनाउनेहरुका कारण कतिपय घरबेटीहरुको काठमाडौंमा जीबिका चलेको छ । यसलाई यसरि पनि नबुझौं । घर भाडा नलगाइकन खान पुग्नेहरु पनि छन् । तर, संसारमा त्यस्तो कुनै पनि शहर छैन, जहाँ हेुनेखानेहरु मात्रै बसुन् तर, यो सम्भब छैन । धनी र गरीब हरेक शहरका एक अर्काका परिपुरक हुन् ।

एकछिन कल्पना गर्नुस् त । यदि, गरिब नहुने हो भने यो शहर कति कुरुप हुन्छ होला । गरिबहरु भनेका हरेक शहरका सौन्दर्य हुन् । गरिबलाइ भगाएर हाम्रो जस्तो शहर कहिल्यै समृद्ध हुन्न । यदि काठमाडौंवाट गरिब भगाउने हो भने नर्क समान हुन्छ काठमाडौं ।

अहिले कतिपय कम्पनि सञ्चालकहरु आफ्ना कम्पनिमा कार्यरत मजदुर काठमाडौंबाट बाहिरिएकोमा मख्ख छन् । घरेलु कामदारलाई गाउँपालिकासंग समन्वय गरेर उसकै घर पठाएका छन् । कतिपय सुकिला मुकिलाहरुलाई भ्रम छ ‘संक्रमणको मुल कारक भनेकै गरिवहरु हुन् । गरीब, मजदुर र ज्यालादारीमा काम गर्नेहरुकै कारण शहर संक्रमित हुनसक्छ ।’ संक्रमणले धनी र गरिब कहिल्यै छुट्याउदैन । चीन, स्पेन, इटली, अमेरिकालगायतका मुलुकमा कोरोना भाइरसबाट गरिब मात्रै मरेका छैनन् ।

एकछिन कल्पना गर्नुस् त । यदि, गरिब नहुने हो भने यो शहर कति कुरुप हुन्छ होला । गरिबहरु भनेका हरेक शहरका सौन्दर्य हुन् । गरिबलाइ भगाएर हाम्रो जस्तो शहर कहिल्यै समृद्ध हुन्न । यदि काठमाडौंवाट गरिब भगाउने हो भने नर्क समान हुन्छ काठमाडौं । सामान्य कुरा गरौं न, शहरमा हरेक दिन हरेकको भान्सामा फोहोर जम्मा हुन्छ । गाउँमा हुनेहरुले त भान्सामा जम्मा भएको फोहोर गाइबस्तुको थलो वा मल खाल्डोमा राख्छन् । शहरमा त्यो सम्भव छैन हरेकले आफ्नो घरमा जम्मा भएको फोहोर प्लाष्टिकको बाल्टिमा जम्मा गर्दै फोहोर बोक्ने व्यक्तिको प्रतिक्षा गरेर बसेका हुन्छन् । काठमाडौं लगायत कुनै पनि शहरको फोहोर धनीमानीले उठाएको थाहा छैन ।

अरु कुरा छाडौं सबै भन्दा ठूला पीडा हामीलाई आफन्तको निधन हुँदा हुन्छ । हिन्दु संस्कार अनुसार व्यक्तिको निधनपछि अन्तिम संस्कार चितामा जलाएर गर्ने गरिन्छ भने अन्य समुदायले आफ्नो ऋति रिवाज अनुसार खाल्डो खनेर गाड्ने चलन हुन्छ । पशुपति वा बनकालीमा गएर हेर्दा देखिन्छ । हुनेखानेहरुले आफन्तको अन्तिम संस्कार गरिँदा लास जलाउने चिता कुनै गरिबले बनाइरहेको हुन्छ । बनकालीमा खाल्डो खन्ने काम पनि गरिबहरुले नै गर्छन् । दुई जना श्रीमान श्रीमतीका लागि भात पकाएको भाँडा माझ्न अल्छि मानेर घरेलु कामदार राख्नेहरुले गरिबकै कारण कोरोना भाइरस संक्रमण हुन्छ भन्दै पन्छिएको अलि हजम हुन्न कि ?

तपाइको प्रतिक्रिया
(Visited 452 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे