भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे

काठमाडौं । भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६ सय ६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार अपराह्न ४ बजेसम्मकाे तथ्यांक संकलन गरी सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट ती शवहरू बरामद गरिएका हुन्।

प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा २४८ र नवलपरासी पूर्वमा १५८ वटा शव फेला परेका छन्। त्यसैगरी नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ वटा शव फेला परेका छन्।

यसैबीच बाढीमा परेका २ हजार ३ सय ७१ जनाको सकुशल उद्धार गरिएको छ। जसमा नुवाकोटबाट १,६२२, रसुवाबाट ६७६ र धादिङबाट ३ जना रहेका छन्। बाढीमा घाइते भएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा १४० जनाको उपचार भइरहेको तथा केही डिस्चार्ज भइसकेको नेपाल प्रहरीले जनाएको छ।

 विपद्का क्रममा उद्धारमै खटिएका २७ जना प्रहरी कर्मचारीहरूसमेत हालसम्म सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यलाई तीव्र बनाउन ४ हजार ८ सय ५४ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे