केपी ओलीको विकल्प प्रचण्ड, अरु हुन सक्दैनः प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरसंघर्ष र विवाद’bout नेता प्रभु साहले मुख खोलेका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवं सांसद प्रभु साहले द्वन्द्व होईन एकतालाई रोज्न नेताहरूलाई आग्रह गरेका छन् ।

नेकपा भित्रको विवाद’bout नेता साहले वर्तमान संकटपूर्ण स्थितिमा एकताको प्रतिक बन्दै मुलुकमा बढ़दो आर्थिक संकटको सामना गर्न तिब्र आर्थिक वृद्धिमा केन्द्रित हुन सुझाव दिएका छन् ।

‘अबको प्रधानमन्त्री को त ? माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड वा अरु कोही ?’ भन्ने प्रश्नमा नेता साहले प्रधानमन्त्रीको विकल्पमा जानै परे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नै छैन भने ।

अहिले विश्व नै कोरोना भाइरसको महामारीसंग जुधिरहेको बताउँदै उनले नेपालमा समेत कोरोना भाइरसका कारण देशले ठूलो आर्थिक गिरावटको सामना गरिरहेको बताए ।

‘अहिलेको अवस्थामा द्वन्द्व र अस्थिरता हैन, एकता र तीव्र आर्थिक वृद्धि चाहिएको छ । अस्थिरता निम्तिने कुनै काम हाम्रो प्राथमिकतामा हुनुहुँदैन । स्थिरता नै हाम्रो प्राथमिकता हुनुपर्छ’ नेता साहले भने, ‘तर यदि सरकारको विकल्प नै खोज्नुपर्ने हो भने उपयुक्त विकल्प प्रचण्ड मात्र हो, अरु कोही एबीसीडी हुन सक्दैन ।’

व्यक्तित्वको हिसाबले प्रचण्ड कमरेड कुशल रहेको बताउँदै उनले दुई पार्टी बीचको एकता प्रक्रियाको हिसाबले पनि आलोपालोको समझदारी कार्यान्वयन गर्ने र वरियताको कोणबाट पनि पार्टीका दुई अध्यक्षमध्ये एक भएकाले निर्विकल्प प्रचण्ड मात्र रहेको दावी उनले गरे ।

नेता साहले अवसरवादले टाउको उठाउदै गएकोप्रति आक्रोश पोख्दै भने, ‘अहिले कयौं अवसरवादी नेताहरु द्वन्द र अस्थिरता पैदा गरेर आफ्नो स्वार्थ पूर्ति गर्न उद्धत छन । देशको संकटपूर्ण स्थितिका बेला टाउको उठाउने र आफ्नो स्वार्थपुर्ति गर्ने जुन प्रयास हुँदैछ, त्यो ठुलो खतरा हो । यो देश र क्रान्तिका लागि खतरनाक हो, यसमा अल्झिनुहुँदैन । त्यस्तो भएमा देश बर्बाद हुन्छ ।’

मधेशमा सबैभन्दा बलिया तथा प्रभावशाली कम्युनिष्ट नेताको रुपमा स्थापित साह सकेसम्म सहमति बनाएर पार्टी र देशलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । अहिले सबैको ध्यान पूर्ण रुपमा कोरोना भाइरस नियन्त्रण र आर्थिक विकासमै केन्द्रित गर्न उनले सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

epaper

ताजा समाचार

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै