सङ्खुवासभामा मुआब्जा वितरणबाट ५ करोड बढी राजश्व

सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा मुआब्जा वितरण बाट ५ करोड बढी राजश्व संकलन भएको छ । तीन महिनाको अवधिमा सङ्खुवासभामा मुआब्जा वितरण बाट ५ करोड बढी राजश्व संकलन भएको हो ।

अरुण तेस्रो प्रवेश मार्ग र तल्लो अरुण आयोजनाको मुआब्जा वितरण बाट तीन महिनाको अवधिमा ५ करोड १३ लाख ६ हजार ३९ रुपैयाँ राजश्व संकलन भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए ।

सङ्खुवासभामा निर्माणाधीन ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाका प्रभावितको मुआब्जा वितरण बापत ४ करोड ३७ लाख ५७ हजार तीन सय ९४ रुपैयाँ राजश्व संकलन भएको प्रजिअ खड्काले बताए । त्यस्तैगरी ९ सय मेगावटको अरुण तेस्रो प्रवेश मार्गको मुआब्जा वितरणबाट ७५ लाख ४८ हजार ६ सय ४५ रुपैयाँ राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाले सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने गरी निर्माण हुनेछ । अरुण प्रवेश मार्गको हालसम्म १५ करोड १२ लाख ३५ हजार ३ सय ९७ रुपैयाँ मुआब्जा वितरण भइसकेको छ ।

तल्लो अरुण आयोजना निर्माणस्थल क्षेत्रमा पर्ने ६ सय ५६ जनाले मुआब्जा पाउने छन् ।प्रभावितका लागि प्रशासनले १ अर्ब ४० करोड मुआब्जा बापतको रकम वितरण गर्ने जनाएको छ । जिल्ला प्रशासनका अनुसार यो क्षेत्रमा ५ लाखदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । आयोजनाका लागि १ सय ८४ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा निजी जग्गा ६५.९६ हेक्टर रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा