काठमाडौं । नेपाली संगीतमा सक्रिय गायक एवं संगीतकार सन्देश श्रेष्ठले नयाँ गीत ‘संगै’ लिएर आएका छन् । केही अघि ‘मेरो सलाम’ बोलको गीत गाएका उनले गीत मार्फत डक्टर, नर्स, प्रहरी, पत्रकारलगायत राहत बाँडनेलाई धन्यवाद दिएका थिए ।
२ सय बढी गीतमा संगीत दिएका सन्देशले ४० बढी गीतमा स्वर दिएका छन् । तीनवटा एल्बम बजारमा ल्याएका सन्देश अचेल भने युट्युबबाटै भिडियो सार्वजनिक गर्दैछन् ।
पछिल्लो गीत ‘संगै’ को भिडियो युट्युबमा हेर्न सकिन्छ । वरिष्ट संगीतकार गणेशप्रसाद श्रेष्ठका छोरा सन्देशको स्वर रहेको ‘संगै’ मा गोबिन्द पौडेलको शब्द रहेको छ । गीतको भिडियोमा समिन श्रेष्ठ, प्रतिभा धमला श्रेष्ठ, मिडास श्रेष्ठ र प्रियंका जोशी श्रेष्ठको अभिनय रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)






