ताप्लेजुङको फुङलिङ बजारमा गएराति भिषण आगलागी (तस्बिरमा हेर्नुस् आगलागीको दृश्य)

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रवार राती भएको भएको आगलागी । यो आगलागीवाट ११ वटा पसल भएका सात वटा घर जलेका छन । तस्विर : सुबास आचार्य /राजधनाी

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ वजारमा शुक्रबार राती आगलागी भएको छ । फुङलिङ ५ पुरानो बैकलाइनमा रहेको भण्डारी खाजाघरबाट आगो सुरु भएको स्थानीयको भनाइ रहेको छ ।

करिव १० बजेदेखि सुरु भएको आगलागीबाट ११ वटा पसल रहेको ७ वटा घर जलेर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । रातको समय भएकोले पूर्ण बिबरण भने आउन बाँकी रहेको प्रजिअ निरौलाले बताएका छन् । काठ र जस्ताले बनेको घरहरु रहेकोले आगलागी सुरु भएको दुई घण्टापछि राती १२ बजेमात्र आगो नियन्त्रणमा आउन सुरु भएको थियोे ।

आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि स्थानीयबासी, नेपाली सेना, सशस्त्रप्रहरी, नेपाल प्रहरी खटिएका थिए । दमकलबाट पटक–पटक पानी ओसारेर लगाइएको थियो । आगलागीले खेम केसीको ४ तले पक्की घर पूर्णरुपमा जल्यो । चन्द्रप्रसाद निरौलाको घरमा पुगेपछि आगो अगाडी बड्न पाएन । पाँचतले यो घर आधा जल्यो । यही घरले थप अगाडी बड्न रोकेको हो । जस्तापाताले छाएका नेत्र कार्की, भट्टराई बन्धुका दुईघर, टेकबहादुर लेछर्बोका घर जलेका छन् । आगलागीबाट भएको क्षतीको बिबरण शनिबार बिहान प्राप्त भएको हो ।

ताप्लेजुङमा आगोलागिको घटना यो पहिलो होइन । यसअघि सदरमुकामको मुटु मानिएको वीरेन्द्र चोक, सदरमुकामको प्रबेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । प्रहरीको तथ्यांकअनुसार आगलागिबाट सबैभन्दा बढी क्षती २०६० चैत १५ गते साँझ वीरेन्द्र चोकको आगलागिमा भएको थियो ।

त्यसवेला ४५ घर जल्दा ५१ करोड क्षती भएको थियो । २०७३ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जले । ४१ करोड बराबरको क्षती भएको थियो । २०६८ मा शेर्पाटोल र ६९ सालमा टुक्रे बजारमा आगलागि भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोड क्षतीभएको उद्योग बाणिज्य संघले जनाएको छ । आगलागिबाट ९ र ५ घर जलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1,399 times, 1 visits today)

epaper

ताजा समाचार

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर