प्राधिकरणबाट कुलमानलाई हटाएर हितेन्द्रदेवलाई बनाइयो कार्यकारी निर्देशक

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएसँगै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो । कुलमानले पेस गरेको ७२ घण्टे स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले उनलाई हटाएको बताइएको छ ।

सरकारले घिसिङलाई मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको लगायतका आरोप लगाएको थियो ।

सरकारले सोधेको चारबुँदे स्पष्टीकरणका विषयमा कुलमानले सातवटा बुँदामा स्पष्टीकरण दिएका थिए । कुलमानले मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरणमा आफूविरुद्ध कुनै पनि कारबाही हुनु नपर्ने जिकिर गर्दै जवाफ बुझाएका थिए ।

सोमबार नै बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख (सीईओ)मा नारद लुँइटेललाई नियुक्त गरेको छ । उनी तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 391 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ