लहान । लकडाउन कार्यान्वयन गराउन नेपाल भारत सीमामा खटिएका एकजना सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) को बेहोस भएर मृत्यु भएको छ ।
भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर – ९ स्थित देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको हो । उनी ड्यूटीमा खटिएकै बखत उनको मृत्यु भएको सशस्त्र प्रहरीका डीआईजी राजु अर्यालले जानकारी दिए ।
उनका अनुसार कार्की ड्यूटी गरिरहेकै अवस्थामा बेहोस भएको र तत्कालै उनको मृत्यु भएको हो । ‘अन्य कारण अहिले खुल्न सकेको छैन’ उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’
मृतक कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)






