बुन्डेस लिगा अर्का सातादेखि

म्युनिख । कोरोना भाइरस (कोभिड–१९)का कारण गत मार्च पहिलो सातादेखि स्थगित रहेको जर्मन बुन्डेस लिगा अर्काे साताबाट सुरु हुने भएको छ । जर्मन सरकारले खेल गतिविधिका लागि ‘ग्रिन लाइट’को संकेत दिने भएपछि जर्मन बुन्डेस लिगा आयोजकले १५ मेबाट लिग सुरु गर्ने योजना अघि सारेको हो । जर्मनीका चान्सेलर एन्जेला मिर्केलले कोरोना संक्रमणलाई नियन्त्रणमा राख्नका लागि उपायहरू अपनाइने र यस’bout बुधबार कल कन्फरेन्सबाट घोषणा गर्नेछिन् ।

यसअघि बुन्डेस लिगा ११ मेबाट सुचारु गर्ने निर्णय गरिए पनि प्रशिक्षण दौरान बुन्डेस लिगाको कोलोग्नीका तीन जना अफिसियलमा कोरोना पोजेटिभ देखिएपछि मिति सारिएको थियो । तर, अब अर्काे मिति नतोकिने र १५ मेबाट बुन्डेस लिगा सुरु हुनेमा बुन्डेस लिगा आयोजक विश्वस्त रहेको छ । बुन्डेस लिगा भने बन्द रंगशालामा हुनेछ । जर्मनी राज्यका मन्त्रीहरूले ११ मेबाट ठूलाठूला पसललगायत यातायात खोल्न ग्रिन लाइट दिनेछ । जर्मनीमा सोमबारदेखि लकडाउन खुकुलो पारिएको छ ।

म्युजियम, हेयर ड्रेसर, चर्च र कारखानाहरू उच्च निगरानीका साथ खोलिएका छन् । कोरोना नियन्त्रणमा युरोपका अन्य राष्ट्रहरूभन्दा जर्मनी बढी सफल देखिएको छ । जर्मनीको शीर्ष डिभिजनको दुई लिगमा आबद्ध कुल १७ सय २४ जनाको परीक्षण गर्दा १० जनामा कोरोना पोजिटिभ देखिएको लिगले जनाएको छ । जर्मन फुटबल लिगले सोमबार शीर्ष दुई डिभिजन आबद्ध खेलाडी र स्टाफ गरी १० जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ ।

यसै साता शीर्ष डिभिजनको क्लब कोलोग्नीका तीन जना स्टाफमा कोरोना देखिएको थियो । तर, पनि क्लब आफ्नो प्रशिक्षणलाई जारी राखेका छन् । सबै जान दुई साताका लागि क्वारेन्टाइनमा रहेका छन् ।

बुन्डेस लिगा क्लबहरूले गएको महिनाबाट सामाजिक दूरी कायम राख्दै प्रशिक्षण सुरु गरेका थिए । बुन्डेस लिगा मार्च पहिलो साताबाट स्थगित गरिएको थियो । बुन्डेस लिगामा नौ चरणको खेल बाँकी रहेका छन् । बुन्डेस लिगा सुचारु हँुदा खेलाडीहरूले केही अनौठो अनुभूति पक्कै गर्नेछन् । खेलाडीले मास्क लगाएर खेल्नुपर्ने सम्भावनामा खुसियाली मनाउँदा एकअर्कालाई छुन पाइने छैन ।

बुन्डेस लिगाको २५औं चरणको खेल जारी रहँदा बायर्न म्युनिख ५५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै बायर्नलाई पछ्याइरहेको बोरुसिया डर्टमन्डको ५१ अंक छ । आरबी लेइपजिग ५० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पाडेरवर्न र वेर्डर ब्रेमेन रेलिगेसन जोनमा रहँदा डुसेलडर्फ रेलिगेसन जोनभन्दा माथि रहे पनि संकट टर्ने स्थितिमा छैन ।

तपाइको प्रतिक्रिया
(Visited 437 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड रुपैयाँ