काठमाडौँ । कांग्रेसका सभापति गगन थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन पूर्व सभापति शेरबाहादुर देउवालाई अनुरोध गरेका छन ।
उक्त दिन देउवाले अधिवेशनको उद्घाटन गरिदिंदा आफूहरूका लागि सम्मानको विषय हुने पनि उनले बताएका छन । आज (बिहीबार) कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन ।
उनले भने, ‘मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ, ‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ ।’
उनले पार्टी विधानले पनि अब देउवालाई सभापति बन्न नदिने स्मरण गराएका छन । उनले भने, ‘पार्टीको विधानले पनि त्यही भन्छ । उहाँ अब पार्टीको सभापति बन्ने होइन ।’ उनले थप भनेका छन्, ‘असोज १६ गते खुलामञ्चमा अधिवेशन प्रारम्भ गर्छौं । तीन र ४ गते वडा अधिवेशन हुन्छ ।
त्यसपछि बीचमा नगरको अधिवेशन हुन्छ । त्यसपछि बीचमा नगर अधिवेशन हुन्छ । जिल्ला र प्रदेशको अधिवेशनका लागि हामीसँग चाप रह्यो । पार्टीका साथीहरूसँग थप छलफल गर्ने वातावरण बन्छ भन्ने पनि हो । सकेसम्म पार्टीको एकताका लागि हामी उभिनुपर्छ ।’
सम्बन्धित समाचार
प्रधानमन्त्री बालेन राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´
जेनजी आन्दोलनले जन्माएका नेता
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
जेनजी शहीद दिवसः सरकार औपचारिकतामै, असन्तुष्टि सडकमै
विवादको थेग्न नसक्दा ५ वर्षमा ६ मन्त्रीको राजीनामा
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
कार्यदलको प्रतिवेदनमा छलफल गर्न एमाले नेताहरु गुन्डुमा






