काठमाडौं । प्रहरीले कैलालीको लम्कीचुहामा गाईमाथि खुँडा गरेर घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ बस्ने १८ वर्षका दुई जना किशोर रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय लम्कीले उनीहरूलाई पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले जानकारी दिएका छन् । दुवै जनालाई गाई गोरु मार्न नहुने कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको उनले जानकारी दिए । तीन दिनअघि पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीको विद्युत् कार्यालयको पूर्वतर्फ खुँडा प्रहार गरेर घाइते बनाएको अवस्थामा एउटा गाई फेला परेको थियो ।
अनुसन्धानका क्रममा गाईमाथि खुँडा प्रहार गरेको खुलेको थियो । सीसीटीभी फुटेजमा रातिको समयमा गाईमाथि खुडा प्रहार गरेका देखिएको थियो । घटनाका बेला ६र७ जनाको समूह त्यहाँ देखिन्छ । सोही फुटेजका आधारमा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको हो भने अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
मुस्लिम समुदायद्वारा जुमाका क्रममा रकम जुटाएरु बाढीपीडीतलाई सहयोग
बाढीमा मधेश प्रदेशका अझै १७३ जना सम्पर्क बाहिर
मोटरसाइकल चोर्न आएका चोर आफ्नै बाइक छाडेर भागे, चप्पल पनि घटनास्थलमै
भारतीय प्रहरीले मध्यरातमा नेपाली युवालाई पक्राउ गरी लगेकै हो ?
तारेख लिन आएका ब्यक्तिमाथि अदालत परिसरभित्रै आक्रमण
प्रहरी खोरमा नेता, नायक र प्रहरी निरीक्षक
चीनले नेपाललाई बाढीपहिरोसम्बन्धी सूचना दैनिक उपलब्ध गराउँदै
अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा






