९ लाख घुससहित नापी अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीलाई नियन्त्रणमा लिएको छ। वली नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख हुन्।

आयोगका अनुसार छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजु पठाउने क्रममा उनले सेवाग्राहीलाई अनावश्यक सास्ती तथा हैरानी दिँदै घुस मागेको उजुरी परेको थियो। उक्त सूचना एवं उजुरीका आधारमा आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई नौ लाख रुपैयाँ लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको हो।

उनलाई भदौ ३१ गते काठमाडौँको टोखा नगरपालिका-५ स्थित वसुन्धरा चोकको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्। वलीविरुद्ध घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा असोज १ गते विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

देउवालाई गगनको अनुरोधः पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिनुस्