भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रबि एक्लै

भैरहवा । रबि लामिछाने अन्ततः कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालयले अदालति प्रकिया पुरा गरे पछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन । अब कम्तिमा मुद्दा नटुंगिएसम्म उनी भैरहवास्थित जेलको ब्लक नम्बर ४ मा रहनेछन्, जहाँ उनी एक्लै जस्तै हुनेछन् ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार ब्लक नम्बर ४ मा छिर्नु अघि कम्तिमा १ घण्टासम्म लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरिएको थियो भने त्यसपछि मात्रै लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको हो ।

‘उहाँको स्वास्थ्य अवस्था नर्मल नै देखिएको छ,’ उनले भने, ‘त्यसपछि उहाँलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं, अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवाको रूपमा रहनु हुनेछ।’ उनका अनुसार लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ ।

अदालत प्रति सम्मान छ: रवि लामिछाने

अन्ततः तीन दिनको प्रहरी हिरासतपछि  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही, सोमवार बिहान अदालती प्रक्रिया सम्पन्न गरे पछि लामिछानेलाई पुर्पक्षका लागि भैरहवास्थित कारागारमा पठाएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको जानकारी दिए । 

बुटवल उच्च अदालतको आदेश पछि गत शुक्रबार साँझ पक्राउ परेका लामिछाने शनिवार र आइतवार सार्बजनिक बिदा परेकाले २ दिनसम्म हिरासतमा नै रहनु परेको थियो । जेल चलान हुदै रविले छाेटाे प्रतिक्रिया दिदैँ भने ‘आदेशप्रति केही छैन, सम्मान छ ।’

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ