सुदूरपश्चिम काेरोना संक्रमितबाट मुक्त, पाँचै जना कोरोना जितेर घर फर्के

धनगढी। सुदूरपश्चिमका कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित पाँचै जना निको भएर घर फर्केका छन् । यो सँगै सुदूरपश्चिममा काेरोनाबाट संक्रमित रहेको संख्या शुन्य भएको छ ।

शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिला कोरोना संक्रमण निको भएर घर फर्केपछि सुदूरपश्चिम हाललाई कोरोना संक्रमित हुनेबाट शुन्यमा झरेको हो ।

यसअघि सेती प्रादेशिक अस्पतालमा कैलालीका दुई महिला र दुई पुरुष गरी चार जना तथा कञ्चनपुरका एक जना पुरुष गरी पाँच जना कोरोना संक्रमित रहेका थिए । यसअघि चार जना कोरोना संक्रमण निको भएर घर गइसकेको र अन्य एक जना पनि शुक्रबार डिस्चार्ज भएर घर गएसँगै कोरोना संक्रमित शुन्य भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचाररत धनगढी ५ की ३४ वर्षीया दीपा शाहीको लगातार दुई पटकसम्म नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरेको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए । उनी ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत थिइन् ।

शाही नेपालमै पहिलोपटक स्थानीयस्तरबाट कोरोना संक्रमण भएकी महिला हुन् । उनलाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घोषणा गरेको थियो ।

यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका नम्वर ५ का ३४ वर्षीय अमृत शाही ९ वैशाखमा तथा कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय इन्द्र बिक १० वैशाखमा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका थिए भने कैलालीको लम्कीचुहा नगरपालिका १ की ६१ वर्षीया पाना बिक ११ वैशाखमा कोरोना निको भएर डिस्चार्ज भएको सेती अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 434 times, 1 visits today)

epaper

ताजा समाचार

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा