लमजुङमा कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थी

लमजुङ । लमजुङमा जारी रहेको कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन् । एकजना नक्कली परीक्षार्थी र अर्का खेतालो लगाउने परीक्षार्थी दुुबै जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

सुन्दरबजार नगरपालिका– ६, बरेटारस्थित आदर्श बाल माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सञ्चालित परीक्षाको चेकजाँचको क्रममा ती नक्कली परिक्षार्थी फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताए । उनका अनुसार कक्षा १२ को वार्षिक परीक्षा अन्तरगत फाईनान्स विषयको परीक्षामा अर्काको नाममा परीक्षा दिन आएका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

परीक्षामा सुन्दरबजार नगरपालिका– ५ निवासी २० वर्षीय विशाल गुरुङको नाममा परीक्षा दिइरहेका अर्कै व्यक्ति फेला परेको हो । ती नक्कली परीक्षार्थी सोही ठेगानाका २० वर्षीय आयुष गुरुङ रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनामाथि कानूनअनुसार आवश्यक कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ । उनको सिम्बाृद नं– ३३७००५२१ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई आज जिल्ला सदरमुकाम पठाएर जिल्ला प्रशासन कार्यालय, लमजुङमा पेश गरिएको छ । प्रशासनले ‘शिक्षा ऐन सम्बन्धी कसुर’ अन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तेलीले जानकारी दिए ।

साहका अनुसार दुबै जना युवाको सम्बन्ध, योजना र यस घटनाको पछाडि अरु संलग्नता छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।

सो ऐन अनुसार नक्कली परीक्षार्थीलाई एक लखा सम्म जरिवाना ६ महिना कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको कानुन व्यवसायीहरूले बताएका छन् ।

शिक्षा प्रणालीको मर्यादा र निष्पक्षतालाई चुनौती दिने यस्ता गतिविधिलाई कडाइका साथ हेर्ने जिल्ला प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणगढ-मुग्लिन सडक खुलाउन २ घण्टा लाग्ने