उदयपुरमा १४११ जना जनाको स्वाब परिक्षण

सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएसँगै यहाँ १ हजार ४ सय ११ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको छ । त्यस मध्ये ६ महिला सहित ३२ जनामा कोरोना संक्रमण भेटियो, भने ५ सय ११ जनाको रिर्पोट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।

त्रियुगा नगरपालिका– ३ भुल्केस्थित नुरि मस्जिदमा आएका भारतीय मुस्लिम धर्म गुरु जमातीहरुलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुसँग सम्र्पकमा आएकाहरुको स्वाब परिक्षण थालिएको थियो । त्रियुगा नगरपालिका– ३ भुल्के, कटारी नगरपालिका– १ बेलश्रोतमा रहेको क्वारेटाइन्न त्रियुगा नगरपालिका– ३ मोतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका क्वारेन्टाइन रौतामाई गाउँपालिका लगायतका स्थानबाट स्वाब संकलन गरि परिक्षण गरिएको थियो ।

त्यसैगरी भुल्केमा कोरोना संक्रमित मुस्लिम धर्म प्रचारक गुरु जमातीहरुसँगको सम्र्पकमा आएका चौदण्डीगढी नगरपालिका– ५ सुन्दरपुरस्थित शिवाई, ज्यामिरे, वडा नम्बर ९ का ज्यामिरे त्रियुगा नगरपालिका– २ मोथियाहीका मुस्लिम समुदाय, स्वास्थ्यकर्मि र भोजपुरको हतुवागढीका संक्रमित बसेको बेलका नगरपालिका– ७ मैनामैनीको स्वाब संकलन गरि प्रदेश १ का प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा परिक्षण गरिएको थियो ।

संकलिन गरिएको स्वाब मध्ये प्रदेश १ का प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला बिराटनगर र बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा नमूना परिक्षण गरिए रहेको छ । संकलन गरिएका मध्ये ९ सय जनाको रिर्पोट आई सकेको त्यसमा ६ महिला सहित ३२ जनाको रिर्पोट पोजिटिभ आएको छ । बाँकी ८ सय ६८ जनाको नेगेटिभ आएको र अझै ५ सय ११ जनाको रिर्पोट आउँन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीले बताए ।

प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला बिराटनगरका निर्देशक डा. जयबेन्द्र यादबका अनुसार बाँकी रिर्पोट पनि केहि दिनमा नै आउने बताए । उनले भने परिक्षण भई रहेको छ, केही दिनमा आउँछ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले बिभिन्न स्थानमा पुगेर स्वाब परिक्षणको नमूना संकलन गरिएको थियो । संकलित स्वाबलाई बिराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिने डा. यादबले बताए ।

त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिद आसपास, जोगिदह, मोथियाही, मोतिगडा, देउरी, जलजले, बोक्से, गाईघाट, पुरानो गाईघाट तरकारी बजार, डिएम ग्रेट, शिवाई, ज्यामिरेमा स्वाप नमुना संकलन गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीले बताए । भुल्केमा संक्रमित भारतीय मुस्लिम धर्म प्रचारक जमातीहरु शिवाई, ज्यामिरे, मोथियाहीको मस्जिदमा बस्दै आएको ट्राभल्ल हिस्ट्रि भेटिएकाले त्यहाँको स्वाव संकलन गरिएको हो ।

चौदण्डीगढी नगरपालिका– ५ सुन्दरपुरको तीन टोल र वडा नं. ९ को एकटोलमा रहेका मुस्लिम समुदायका संकास्पद ब्यक्तिहरु र उनीहरुको सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको स्वाव संकलन गरिएको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले बताए । वडा नं. ५ सुन्दरपुर सिवाईको रामजानकीटोल, टोकनीटोल अजगरा, बडेरुवाटोल सुन्दरपुर र वडा नं. ९ को पूर्वटोल ज्यामिरे कदमगाछीका संकास्पद मुस्लिम समुदायका मानिसहरुको स्वाव संकलन गरिएको हो । चिया पसल, किराना पसल र अन्य व्यवहारिक हिसाबले उनीहरुसंग सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको पनि स्वाव संकलन गरिएको हो ।

त्रियुगा नगरपालिका– ३ भुल्केमा कोरोना संक्रमण पुष्टि भइ सकेपछि उदयपुरलाई विशेष संक्रमित क्षेत्रको रुपमा हेरेर पहिलो चरणमा मुस्लिम समुदायको बस्तिहरुमा स्वाब नमुना संकलन र परिक्षणको काम भइरहेको छ । आईतवार र सोमबार भने कन्ट्रयाक्ट ट्रेसिङको आधारमा गैर मुस्लिम समुदायमा स्वाब संकलन गरिएको हो । देशकै हट स्पटको रुपमा रहेको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्ति नुरी मस्जिद आसपासमा अहिले दोश्रो चरणमा कोरोना संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीले जानकारी दिए ।

त्रियुगा नगरपालिका– ३ भुल्के आसपासमा सोमवार मात्र २ सय ५५ जनाको स्वाब संकलन गरिएको छ । जसमा २ सय २० जना स्थानीयबासीको र बाँकी ३५ जना सुरक्षाकर्मि तथा कैदी बन्दिको रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीले जनाएको छ । सोमबार संकलित स्वाब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौ पठाएको स्वास्थ्य कार्यालय प्रमुख सुबेदीको भनाई रहेको छ ।

संक्रमितहरु मध्ये कोभिड १९ उपचार केन्द्रमा उपचारपछि १४ जना निको भएर डिस्चार्ज भईसकेका छन् । अस्पतालबाट डिस्चार्ज भएकाहरु मध्ये ५ जना भुल्के नजिकैको त्रियुगा नगरपालिका– ३ मोतिगडास्थित त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडामा रहेको क्वारेन्टाइनमा राखिएका छन् भने अन्य बिराटनगरकै रानीमा रहेको क्वारेन्टाइनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर