वीरगञ्जमा दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण

वीरगञ्ज । वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको पाइएको छ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् । रिपोर्टिङ गर्दै आएका पत्रकारलाई कोरोना संक्रमण भएको बताइएको छ ।

आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित