छैटौँ एसइई डान्स च्याम्पियनसिपमा शिवानी उत्कृष्ट

काठमाडौं । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनले आयोजना गरेको ‘छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२’को उपाधि शिवानी थापामगरले जितेकी छिन् । यो प्रतियोगितामा यो वर्ष एसइई दिएर बसेर २८० भन्दा बढी प्रतियोगीहरू अडिसन राउण्डमा सहभागी भएका थिए । जस मध्यबाट विभिन्न चरणको छनौट पछि उत्कृष्ट २० प्रतियोगीलाई फाइनलमा उतारिएको थियो । शनिबार अबेर साँझसम्म कार्यक्रममा २० जना प्रतियोगीहरुले आ आफ्ना नृत्य प्रस्तुत गरेका थिए ।

अन्तिम प्रतिस्पर्धामा तिनै २० अन्तिम प्रतिस्पर्धीबाट शिवानी थापामगर उत्कृष्ट भएकी हुन् । उनले एसइई डान्स च्याम्पियनसिपको ट्रफी र मेडलसँगै १ लाख रुपैयाँ नगद र प्लस टुको पूर्ण छात्रवृत्ति जितेकी छिन् । नम्बरको आधारमा यो प्रतियोगिताको विजेतादेखि उत्कृष्ट १० भित्र परेका सबै विद्यार्थीहरूले प्लस टु अध्ययनको लागि पूर्ण छात्रवृत्ति पाएका छन् । काठमाडौँ र मोफसलका मनासलु सहित आधा दर्जन कलेजले यो प्रतियोगिताका उत्कृष्ट १०मा परेकाहरूलाई प्लस टुको पूर्ण छात्रवृत्ति दिने आयोजक महेश गोदारले कार्यक्रममा जानकारी गराए ।

यो प्रतियोगितामा एग्रिया सिंहले ५० हजार रुपैयाँ सहित दोस्रो पुरस्कार र गोविन्द गुरुङ कुसुमले ३० हजार रुपैयाँ सहित तेस्रो पुरस्कार जिते । यी दुवैले प्लस टुको पूर्ण छात्रवृत्तिसहित मेडल र ट्रफी पनि पाए ।

यस्तै प्रतियोगी तेन्जिङ पाल्जोर लामाले सान्त्वना पुरस्कार अन्तर्गत प्लस टुको पूर्ण छात्रवृत्ति र मेडल हासिल गरे भने पब्लिक च्वाइस अवार्ड सहित प्रशिका अधिकारीले पनि प्लस टुको पूर्ण छात्रवृत्तिसहित मेडल र ट्रफी हाँसिल गरिन् । यो प्रतियोगितामा ‘बेस्ट स्किल अवार्ड’ सहित गौतम खड्काले प्लस टुको पूर्ण छात्रबृत्ति जिते ।

यो प्रतियोगितामा सबै प्रतियोगीहरुको आ आफ्नो कोरियोग्राफर थिए । जस मध्य एसइई डान्स च्याम्पियनसिप विजेता शिवानी थापामगरका कोरियोग्राफर अविनाश हमालले उत्कृष्ट कोरियोग्राफरको अवार्ड हासिल गरे ।

छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२ को उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आफूले एसएलसी दिँदाको समय स्मरण गर्दै भने,‘हाम्रो पालामा त एसएलसी दिएपछि रिजल्ट कुरेर बस्नु पथ्र्यो । अहिले एसइई दिएका विद्यार्थीले नृत्य गर्दै पुरस्कार जितेर प्लस टुमा निशुल्क पढ्न छात्रवृत्ति पाउनु भनेको यो ठुलो अवसर हो’, उनले विश्व संगीत दिवसको शुभकामना सहित नृत्यले अनुशासित र स्वस्थ्य तुल्याउने भएकाले यसलाई निरन्तर अघि बढाउन पनि विधार्थीहरुलाई सुझाब दिए ।

नेपाली गीत संगीत तथा नृत्य क्षेत्रमा योगदान दिएको भन्दै अग्रज लोक गायक नारायण रायमाझी, नृत्य विज्ञ रामचन्द्र (आरसी) कोइरालालगायतलाई सो समारोहमा सम्मान गरियो ।

यो च्याम्पियनसिपको ग्रान्ड फिनाले समारोहको निर्णायकमा कोरियोग्राफरहरु गम्भिर बिष्ट, प्रिन्स श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन र शान्ति कठायत थिए ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ