नाट्य संगीतको प्रज्ञा पुरस्कारबाट आठ स्रष्टा पुरस्कृत

काठमाडौं । नेपाली गीत संगीत, नृत्य एवम् नाट्य क्षेत्रमा विगत तीन दशक भन्दा लामो समयदेखि योगदान दिँदै आएका स्रष्टाहरू ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१’बाट पुरस्कृत भएका छन् ।

बुधवार राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुरस्कार समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कलाकारहरूलाई प्रज्ञा पुरस्कार प्रदान गरेका हुन् ।

अग्रज गायक दीप श्रेष्ठ

समारोहमा २०८१ सालको नेपाल संगीत तथा नाट्य दीर्घ साधना सम्मानबाट अग्रज गायक दीप श्रेष्ठलाई सम्मानित गरियो । साँढे चार दशकदेखि संगीत सक्रिय उनलाई २ लाख १ रुपैयाँ र ताम्र पत्रसहित यो सम्मानबाट सम्मानित गरिएको हो ।

यस्तै २०८१ सालको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सोही समारोहमा आठ जना स्रष्टाहरूलाई प्रदान गरियो । समारोहमा रंगमञ्च तर्फको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार रंगकर्मी हरिबहादुर थापालाई प्रदान गरियो । चार दशक भन्दा लामो समयदेखि रंगमञ्चमा पु¥याएको योगदानको कदर स्वरूप उनलाई यो पुरस्कार प्रदान गरिएको हो । यस्तै नाट्य तर्फको यो पुरस्कार कलाकार वेदकुमारी न्यौपानेलाई प्रदान गरियो ।

यसै गरी संगीत तर्फको यो पुरस्कार लोक गायनबाट अग्रज गायक नारायण रायमाझीलाई र आधुनिक गायनबाट यो पुरस्कार गायिक कुन्ती मोक्तानलाई प्रदान गरियो । यी दुवैले नेपाली संगीत क्षेत्रमा चार दशक भन्दा लामो योगदान पु¥याएको कारण पुरस्कृत गरिएको कार्यक्रममा जानकारी गराइयो ।

सोही समारोहमा परम्परागत तथा शास्त्रीय संगीत विधाको यो पुरस्कार शास्त्रीय संगीतकार कुशेश्वर राईलाई प्रदान गरियो । यही पुरस्कार बाद्यबादन विधाबाट अग्रज बाद्यबादक राजु अग्रवाललाई प्रदान गरियो । आ आफ्नो क्षेत्रमा यी दुवैले चार दशक भन्दा लामो समयदेखि योगदान दिँदै आएकाले पुरस्कृत गरिएको पनि कार्यक्रममा जनाइयो ।

नृत्य तर्फ २०८१ सालको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार अग्रज नृत्य निर्देशक भुवनदास श्रेष्ठलाई प्रदान गरियो । नृत्य तर्फ नै नृत्य खोज तथा अनुसन्धान विधाको यो पुरस्कार नृत्य अनुसन्धानकर्ता एवम् कलाकार कृष्णप्रसाद पौडेललाई प्रदान गरियो । राष्ट्रपति पौडेलद्वारा प्रदान गरिएको यो सबै पुरस्कारको राशि जनही १ लाख १ रुपैयाँ थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार समारोहलाई सम्बोधन गर्दै नेपाल विविध संस्कृतिले धनी मुलुक भएको बताए । यहाँका विभिन्न जातिका आ आफ्नै भाषा संस्कृति, गीत संगीत भएकाले सबै मौलिक गीत संगीत तथा भाषा संस्कृतिलाई आ आफ्नो क्षेत्रबाट संरक्षण गर्नु पर्ने उनले सुझाव दिए ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पुरस्कृतलाई बधाई दिँदै राज्यबाट प्रदान गरिँदै आएको यो पुरस्कारले सम्बन्धी स्रष्टाहरूको योगदानको कदरसँगै थप कामको लागि हौसला मिल्ने विश्वास व्यक्त गरे ।

सो पुरस्कार समारोहमा सबैलाई स्वागत गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले निकै कम बजेटमा पनि आफूहरूले गीत संगीतको प्रवर्धनमा सक्दो काम गर्दै आएको जिकिर गरे ।

सो प्रतिष्ठानकी कुलपति निशा शर्माले पुरस्कार छनौट टोली सहित सबैलाई धन्यवाद दिँदै पुरस्कार एवम् दीर्घ साधना सम्मान छनौटको प्रकृया’bout जानकारी गराइन् । उनले यो वर्ष आफ्नो प्रतिष्ठानले गरेका कार्यहरूको ’boutमा पनि प्रकाश पारिन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

यसरी लेखिन्छ, जीवनोपयोगी पाठ्यक्रम