लमजुङ । लमजुङमा भेटरान फुटबलमा बेसीशहर टिम विजयी, महिला र ४० वर्ष माथिकाहरूको सो म्याच प्रतियोगिता गरिएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका– ९ को बगैंचा स्थित खेल मैदानमा सञ्चालित प्रथम भोटेओडार भेट्रान्स कप २०८२ को उपाधी बेसीशहर भेट्ररानले हात पारेको छ ।
प्रतियोगितामा ३२ वर्ष माथिको उमेर समूहकालाई भाग लिने अवसर दिइएको थियो । प्रतियोगिताको फाइनल खेल बेसीशहर भेट्रान्स र राइनास– ११ टिमका वीच भएको हो । तिब्र प्रतिस्पर्धामा बेसीशहर भेट्रान्स विजयी भएको हो । बेसीशहरले ३– १ गोल गर्दै राइनास– ११ लाई हराएको हो । उक्त प्रतियोगितामा पहिलो हुने लमजुङ भेट्रान्सले नगद ५५ हजार ५५५ रुपैयाँ, मेडल कप र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने राइनास भेटरान– ११ ले ३३ हजार ३३३ रुपैयाँ मेडल कप प्रमाणपत्र पाएको छ ।

यसैगरी, सो खेलमा उत्कृष्ट खेलाडी केशर बरामलाई २ हजार २२२ रुपैयाँ मेडल कप र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष मानकाजी मानकृष्ण अचार्यले बताए । उनका अनुसार सो प्रतियोगितामा लमजुङ, तनहुँ र गोरखाका १५ टिमले भाग लिएका थिए । उनले भने, ‘समापनका अवसरमा ४० वर्ष माथिको उमेर समूहका भेटरानबीच सो म्याच गरिएको थियो । त्यसमा पनि आयोजकको भेटरान टिमलाई बेसीशहर भेटरान टिमले जितेको थियो । सो खेल १– ० गोलले जीत हार भएको थियो ।’
त्यस्तै सोही अवसरमा खेलाइएको महिला सो म्याचमा भोटेओडार भेटरान निलो र रातोका बिच भएको थियो । महिलाको टिमको खेलमा खेल अवधिका कुनै पक्षबाट पनि गोल हुन सकेन । पेनाल्टी सुट आउटमा ३– २ गोल अन्तरले जीत हार भएको थियो ।
सो म्याचमा जित्ने दुवै टिमलाई २७ सय रुपैयाँ बराबरका एक एक कुखुराका भाले पुरस्कार स्वरुप प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष अचार्यले जानकारी दिए ।

को अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार धु्रबबहादुर कुँवर, इलाका प्रहरी कार्यालय भोटेओडारका इञ्चार्ज मनोज पाण्डे, नमुना एचडिसिएस अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ, वडा सदस्य मधुमाया भट्टराई, हातेमालो आमा समुहका अध्यक्ष मनु पन्त, रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, पूर्व वडा अध्यक्ष कृष्णकान्त अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
भोटेओडार भेट्रान्स आयोजक समितिका सचिव नरेन्द्र थापाले उक्त समापन कार्यक्रमको सञ्चालन गरेका गिए । उनका अनुसार सो प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । सो अवसरमा स्थानीय महिलाहरूले विभिन्न नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप मनोरञ्नातमक बनाएका थिए ।







