१५० करोडमा पुग्यो सितारे जमिन पर

मुम्बई । बलिउड अभिनेता आमिर खानको चलचित्र सितारे जमिन परले तेस्रो हप्तामा पनि राम्रो प्रदर्शन भइरहेको छ । शुक्रवारबाट तेस्रो हप्तामा प्रवेश गरेको यो चलचित्रले आइतबार भारतका चलचित्र घरमा ६.१५ करोडको व्यापार गरेको थियो । यस्तै सोमबारको कमाइले यो चलचित्रको कुल व्यापार १५० करोड पुगेको छ ।

चलचित्र सितारे जमिन परको व्यापार आइतबारसम्म भारतमा १४८.७० करोड पुगेको थियो । सोमबार भारतमा भारी वर्षाका कारण यसको कमाइमा गिरावट आयो । सोमबार यो चलचित्रले भारतमा १.३१ करोडको व्यापार गरेको छ । यो व्यापारसँगै सोमबार स्वदेशी बजारबाट सितारे जमिन परले १५० करोडको आँकडा पार गरेको छ । यो चलचित्र रिलिज भएको १८ दिनमा भारतबाट १५० करोडको व्यापार गरेको हो ।

यो चलचित्रको सुरुको दिनमा कमाई अलि सुस्त थियो । तर पहिलो सप्ताहान्त पुग्दासम्म दर्शकहरूको संख्या बढ्दै गयो र चलचित्रको कमाइमा ५० प्रतिशत भन्दा माथिको वृद्धि देखियो । यो चलचित्रले तेस्रो हप्ता प्रवेश गर्दा शुक्रवार भारतमा २.४ करोड रुपैयाँको व्यापार गरेको थियो । तर शनिवार त्यसको दोब्बर भन्दा बढी ४.७५ करोड रुपैयाँको कमाई यसले ग¥यो । आइतबार यो चलचित्रको व्यापार भारतमा ६ करोड भन्दा बढी रह्यो । यसरी चलचित्रले बिस्तारै राम्रो व्यापार गर्दै रिलिज भएको १८ औँ दिनमा १५० करोड रकम भारतबाट संकलन गरिसकेको छ । यो व्यापार प्रति अभिनेता आमिरले खुसी व्यक्त गरेका छन् ।

आमिर खान प्रोडक्सनमा बनेको यो चलचित्रले हालसम्म विश्वव्यापी रूपमा सोमबारसम्म २३१.५० करोडको ग्रस व्यापार गरिरहेको छ । यो चलचित्रले विदेशी बजारमा ८१.५० करोडको व्यापार गरेको बक्सी अफिस रिपोर्टले जनाएको छ ।

चलचित्र सितारे जमिन परमा आमिर खानले एक बास्केटबल प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् । उनले न्यूरोडाइभर्जेन्ट भएकाहरूलाई एउटा टोली बनाएर बास्केटबलको तालिम दिन्छन् । यही टोलीले पछि बास्केटबल खेल जित्छ । यो चलचित्रमा धेरै भावनात्मक र प्रेरणादायी क्षणहरू देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ