बर्दियाको क्वारेन्टाइनबाट ८ भारतीय नागरिक भागे

बर्दिया । सदरमुकाम गुलरियास्थित एक क्वारेन्टाइनमा बस्दै आएका ८ भारतीय नागरिक बुधबार विहान क्वारेन्टाइनबाटै भागेका छन् । उनीहरु वैशाख ९ गतेदेखि गुलरिया नगरपालिका १० मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

बुधबार विहानै शौच गर्ने वहानमा उनीहरु भागेको प्रहरीले जनाएको छ । भागेका भारतीयहरु सदरमुकाम गुलरियासँगै सीमा जोडिएको भारतीय गाउँ चित्तलहवाका हुन् । उनीहरु भगेर आफनै घर गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । क्वारेन्टाइनमा रहदा उनीहरुको पीसीआर परिक्षण गरिएको थियो । आठै जनाको रिर्पोट नगेटिभ आएको थियो ।

भारतीय पक्षले अनुमति नदिँदा उनीहरु लामो समयदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । जुम्लामा मजदुरी गरेर घर फर्कर्ने क्रममा उनीहरुलाई सीमावर्ती क्वारेन्टाइनमा राखिएको थियो । लामो समयदेखि क्वारेन्टाइनमा बस्दै आएको भारतीय नागरिकको पीसीआर रिर्पोट नगेटिभ आएपछि घर फर्काउने तयारी गर्दागर्दै हतारिएर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले बताए ।

क्वारेन्टाइनबाट भागे लगत्तै साीमावर्ती गाउँ भारतीय पक्षका जनप्रतिनिधि र सुरक्षा निकायसँग समन्वय गरि उनीहरुको ’boutमा जानकारी गराइएको र अहिले उनीहरु भारतीय जनप्रतिनिधि र सुरक्षा निकायको सम्पर्कमा रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान