अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान

​धनगढी । भारतको लखनउमा सञ्चालन हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीस्थित क्रेसेंट सिटी स्कुल (सिसिएस) ले सहभागिता जनाउने भएको छ ।

​नोभेम्बर २ देखि ६ (कात्तिक १७ देखि २१) गतेसम्म लखनउस्थित सिटी मन्देश्वरी स्कुलको आयोजनामा हुने उक्त प्रतियोगितामा सहभागी हुन जाने विद्यालयको फुटबल टोलीलाई शनिबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।

​विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक श्रेष्ठले खेलाडीहरूलाई टीका लगाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

​विभिन्न देशका टोलीहरूको सहभागिता रहने उक्त प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ टोलीले प्रतिस्पर्धा गर्ने विद्यालयका व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

​बिदाइ कार्यक्रममा बोल्दै व्यवस्थापक श्रेष्ठले पढाइसँगै खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा जित र हारभन्दा पनि त्यहाँबाट प्राप्त हुने अनुभव, ज्ञान र सीप महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सिकेका अनुभव स्वदेश फर्किएपछि अन्य विद्यार्थीहरूसँग पनि बाँड्न खेलाडीहरूलाई आग्रह गरे ।

​आयोजक सिटी मन्देश्वरी स्कुलले हरेक वर्ष अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस सहभागिताले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्न र नयाँ अनुभव हासिल गर्न सहयोग पुग्ने विद्यालयले विश्वास लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान