गृष्मा र सौगात गण्डकी स्टार

पोखरा । गण्डकी स्टार सिजन–६ को उपाधि नृत्यतर्फ प्रतिभा सेकेण्डरी स्कुलकी छात्रा गृष्मा गौतम र गायनतर्फ सौगात सुनारले जितेका छन् । नृत्यतर्फका फस्र्ट रनरअप प्रसिद्धि सुवेदी, सेकेन्ड रनरअप रेश्मा विक, थर्ड रनरअप एनी कार्की भए । मेस्ट पपुलर च्वाइस गरिमा भट्ट बनिन् ।

यसैगरी, गायनतर्फ फस्र्ट रनरअप सोनम गुरुङ, सेकेन्ड रनरअप ज्योति खड्का, थर्ड रनरअप केशव पुन र फोर्थ रनरअप सञ्जय पुन भए ।

नन्द इन्टरटेन्मेन्ट हाउस आयोजनामा एवं इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स आइक्यासको मुख्य प्रायोजनमा भएको ग्राण्ड फिनालेमा गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले प्रतिभा, विकास, कला प्रवद्र्धन तथा सांस्कृतिक चेतनाका लागि यस्ता कार्यक्रमहरुको आवश्यकता औंल्याए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मणबहादुर पाण्डे, गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का बिखर्ची, आइक्यास पोखराका प्रबन्ध निर्देशक समीर थापालगायतले यसखालका प्रतियोगिताले प्रतिभा प्रस्फुटनमा सघाउ पुग्ने बताए ।

निर्णायकमा पोखरा विश्वविद्यालय सहप्राध्यापक डा. दीपामाला श्रेष्ठ गुरुङ, गण्डकी नृत्य संघ अध्यक्ष धर्मेन्द्र पौडेल, नृत्य प्रशिक्षक पूजा ठाकुर, संगीतकार एवं गीतकार रमेश श्रेष्ठ, संगीतकर्मी करन तामाङ, पत्रकार एवं गीतकार आरजु बिष्ट सल्यानी र गीतकार झलक गुरुङ कलाप्रेमी थिए । संस्थाले यसअघि पनि गण्डकी डान्स, पोखरा चाइल्ड स्टार, सोसल अवार्ड कार्यक्रम गर्दै आएको नन्द इन्टरटेन्मेन्ट हाउसका निर्देशक दीपेन्द्र शाही ‘देवेन्द्र’ ले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

दुई हजार नौ सय तीन जना ट्राफिक प्रहरीको कारबाहीमा