अर्घाखाँचीमा बाँदर र बँदेल धपाउन २० जना कर्मचारी नियुक्त

अर्घाखाँची । अर्घाखाँचीमा वन्यजन्तुबाट कृषकको बालीनाली जोगाउन बाँदर र बँदेल हेरालुको लागि २० जना कर्मचारी नियुक्त भएका छन । कार्यालयले बाँदर प्रभावित क्षेत्रलाइ लक्षित गरि वन सम्बद्र्धन प्राणालीमा आधारित वन व्यवस्थापन कार्य गरिरहेका समुहहरुका १० समुहको समेत लागत साझेदारीमा जिल्लामा पहिलोपटक २० स्थानका लागि बाँदर र बँदेल हेरालू नियुक्त गरिएको हो ।

डिभिजन वन कार्यालयले एक अभिमुखिकरण राखी हेरालूलाइ बिशेष अभिमुखिकरण समेत गरेको छ । डिभिजन वन कार्यालयले कार्तिक ५ गते सम्मका लागि मकैबालि लाइ लक्षित गरि सन्चार तथा पारिश्रमिक खर्च व्यहोर्ने गरि नियुक्ति भएका व्यक्तिहरुलाइ प्रभावितक्षेत्रका लागि आवश्यक सामाग्री सहित खटाएको हो ।

बाँदर र बँदेलको धेरै आतंक देखिएका गाउँहरू सन्धिखर्क नगरपालिकाको किमडाडा, पटुवाथुम, पाणिनी गाउँपालिकाको पाली, अडगुरी, छत्रदेव गाउँपालिकाको चिदीका, बल्कोट, केरुङगा, अर्घातोष र मालारानी गाउँपालिकाको खन लगायतका स्थानमा खटेका छन् । ६ वटा स्थानीय तहका १० वटा क्षेत्रमा दुई दुई जनाको दरले हेरालु राखिएको हो ।

हेरालुले मासिक १० हजार रुपैयाँ पारिश्रमिक सहित सञ्चार खर्च पाउने छन् । शितगंगा नगरपालिकामा वन व्यवस्थापनमा खटिएको १० वटा सामुदायिक वनले मासिक दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा रहने मकै, सिमी, बोडी, फर्सी, कांक्रा लगायतका अन्न र तरकारी बालीमा बाँदर र बँदेलको आतंक हुने भएकाले यसवर्ष परीक्षणको रूपमा हेरालु राखिएको हो ।

नियुक्त गरिएका कर्मचारीलाई बाँदर र बँदेल धपाउन तालिम समेत दिइएको थियो । हेरालुहरूले आफूले दिनभरी गरेको कामको विवरण हरेक दिन डिभिजन वन कार्यालयमा पठाउन पनि निर्देशन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

सुन आज तोलामा १ हजार ४ सय रुपैयाँ बढ्यो