आयो ‘जनै हराएको मान्छे’को मुसुरीको दाना…

काठमाडौं । नेपाली चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ आगामी ६ भदौबाट नेपालसहित विभिन्न देशमा रिलिज हुँदै छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा आइतबार यो चलचित्रको नयाँ गीत ‘मुसुरीको दाना…’को भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा अन्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीले संगीत गरेका हुन् ।

चलचित्रका मुख्य कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडीलगायतले यो गीतमा अभिनय एवम् नृत्य गरेका छन् । भिडियोमा सुनिल क्षेत्रीको रेडियोग्राफी रहेको छ । गीतमा ठेट नेपाली शब्दहरू प्रयोग गरिएको छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको अन्य कलाकारमा सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायत छन् ।

‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’लाई भानुभक्त ढकालले लेखेका हुन् । पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रको एसोसिएट निर्देशमा मनिष राउत छन् ।

चलचित्रको कार्यकारी निर्मातामा नारायण तिम्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । जसमा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको रंग संयोजन, चुल्ठे काजीको द्वन्द्व निर्देशन रहेको छ । ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मस्ले लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान