सागर डिस्टिलरीलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौं ।   सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले साउन १२ गते सेबोनबाट आधिकारिक स्वीकृति पाएको हो।

अब कम्पनीले रू. १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता शेयर सार्वजनिक रूपमा बिक्री गर्न लागेको छ। यसका लागि बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई दिइएको छ।

सागर डिस्टिलरी उत्पादन तथा प्रशोधन समूहअन्तर्गत पर्ने कम्पनी हो, जसले ‘नेप्से बुल्स’, ‘रोयल ब्लु’, ‘गभर्नर’, ‘ग्रेउल्फ’ जस्ता चर्चित ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीको आईपीओ कहिलेबाट बिक्री खुला हुने हो भन्ने विवरण भने आउँदा दिनमा सार्वजनिक गरिनेछ।
 

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

epaper

ताजा समाचार

आज जनैपूर्णिमा पर्व मनाइँदै