ललितपुर । नेपाल–चीन सीमाक्षेत्रको रसुवागढी भन्सार क्षेत्रमा तिब्बतको ल्जेन्देखोलाबाट आएको बाढीका कारण भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका तीन स्थानीय तहले एक करोड ८० लाख नगद राहत सहयोग गर्ने घोषणा गरेका छन् ।
ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले बिहीबार कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।
ललितपुर महानगरपालिकाका तर्फबाट एक करोड सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । यस्तै गोदावरी नगरपालिकाको निर्णयबाट विपद व्यवस्थापन कोषको ५० लाख रुपैयाँ बाढीपीडितलाई दिने निर्णय गरिएको नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी गराएका छन् ।
ललितपुरकै महालक्ष्मी नगरपालिकाले कार्यपालिका बैठकको निर्णयअनुसार विपद् पीडितको उद्धार र सहायताका लागि जनप्रतिनिधिहरूको एक महिनाको भत्ता तथा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको सात दिनको तलब कटौती गरी बाँकी नपुग रकम नगरपालिकाको कोषबाट व्यहोर्ने गरी ३० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको नगरप्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित समाचार
सामाजिक परीक्षणमा एफडब्लुएलडीको प्रशंसा
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना हुने
गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन
सांसदको ‘अभिव्यक्ति अराजकता’ले सुरक्षा संयन्त्र र कर्मचारीतन्त्र आतंकित
मुख्य न्यायाधीश, रजिस्ट्रारको ४ जना परिवारसहित ६ जना सवार स्कारपियो भिरबाट खस्यो
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोप्ने अभियान सुरु
मोटरसाइकलको ठक्करबाट साइकल चालकको ज्यान गयो
बाल शल्यचिकित्सकबीच अन्तरक्रिया






