बाँझो खेत उपयोग गरी ५० लाखभन्दा बढी आम्दानी

लमजुङ । लमजुङको एक गाउँपालिकाका किसानले कमसल र बाँझो खेतबारी उपयोग गरी ५० लाख भन्दा बढी आम्दानी गरेका छन् । जिल्लाको पूर्वी क्षेत्रमा रहेको दोर्दी गाँउपालिकाको पहलमा अकबरे खुर्सानी लगाइ किसानहरूले त्यतीको आम्दानी लिन सफल भएका हुन् ।

दोर्दी गाँउपालिकाको पहलमा विभिन्न किसानहरूले ७ सय रोपनी क्षेत्रफलमा व्यवसायिक खेती गर्ने उद्देश्यले लगाएको अकबरे खुर्सानी बालीले पहिलो चरणमा किसानहरूलाई ५० लाख बढीको आम्दानी दिएको हो । अहिले सम्म २० हजार किलो विक्रि भइ किसानहरूको ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी लिएको उक्त गाँउपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

उनका अनुसार गाँउपालिकाले सहजीकरण गरेपछि किसानहरूले अकबरे खुर्सानीको खेती गरेका हुन् । उनले भने, ‘गाँउपालिकाको विभिन्न वडामा गत बर्ष २० रोपनीमा यो खुर्सानी लगाएर परिक्षण गरिएको थियो सो परिक्षण सफल भए पछि यो बर्ष व्यवसायीक रूपमा खेती गर्न किसानहरूलाई प्रोत्साहित गरिएको हो ।’

यो बर्ष गाँउपालिकाले ५० प्रतिशत लागत अनुदान, निःशुल्क प्राविधिक सहयोग र बजार सुनिश्चित गरेपछि अकबरे खुर्सानीको व्यवसायिक खेती गर्न किसानहरू उत्साहित भएका हुन् ।

यो वर्षनै एक हजार रोपनीमा खेती गर्ने लक्ष्य रहेकोमा किसानहरूबाट ७०० रोपनीको मात्र माग आएको गाँउपालिकाको उपध्यक्ष विच्छबहादुर घलेले बताए । उनका अनुसार किसानहरूलाई ५० प्रतिशत सहुलियत दिन ३० लाख रूपैंया विनियोजन गरिएको थियो ।

किसानहरूलाई अनुदानमा खुर्सानीको बीउ, मल्चिङ प्लास्टिक, तालिम, स्प्रेयर लगायतका सामग्रीहरू पनि सहयोग गरिएको दोर्दी गाउँपालिकाका कृषि शाखाका प्रमुख निराजन पौडेलले बताए । उनका अनुसार यो बर्ष साडे ४ सय मेट्रिक टन उत्पादन हुने लक्ष्य राखिएको छ ।

उनले भने, ‘उक्त खुर्सानीको बिक्रिबाट ५ करोड आम्दानी हुने अनुमान गरिएको छ ।’ हाल विक्रि भएको खुर्सानीको मुल्य गुणस्तर(सानो ठुलो) हेरेर प्रति केजी २००, २५० र ३०० रूपैंया होलसेलमा विक्रि भइरहेको पौडेलले जानकारी दिए ।

एक पटक रोपेको खुर्सानीको विरुवाले ३ वर्षसम्म उत्पादन दिने भएका हँुदा अर्काेवर्ष यहि विरुवाले काम गर्ने भएकोले र लागत पनि न्यून हुने तथा राम्रो आम्दानी हुने प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बताए । उनका अनुसार किसानले उत्पादन गरेको अकबरे खुर्सानी हप्ताको द्ुई दिन गाँउपालिकाको केन्द्र रहेको सेरा बजार स्थित तरकारी संकलन केन्द्रमा संकलन गरिन्छ । ‘त्यहीबाट काठमाडौं, नारायणगढ, पोखरा लगायतका बजारमा पठाउने गरिन्छ’ काफ्लेले भने । उनले थप भने, ‘यो बर्ष पनि पालिकाको नौ वटै वडामा अकबरे खुर्सानीको खेती विस्तार गरी कम्तीमा एक हजार रोपनी पु¥याउने लक्ष्य छ ।’

परम्परागत रूपमा लगाउने गरिएको मकै कोदोको सट्टामा ति खेती गर्ने बारीमा समेत अकबरे खुर्सानीको खेती गरेर आफ्नो आम्दानीलाई तेब्बर सम्म बृद्धि गर्न सफल भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश