बृद्ध–बृद्धा र अशक्तलाई घर मै पुगेर कार्ड नवीकरण

राजविराज । राजविराज नगरपालिकाले जेष्ठ नागरिक तथा शारिरीकरुपमा अशक्त भएका हरुको घर मै पुगेर समाजिक सुरक्षा कार्ड नविकरण गर्न थालेको छ ।

पहिलो दिन राजविराज नगरपालिका ७ कि १ सय २ वर्षिया बचिया देवी यादव र ८१ वर्षिया जगदम्बा देवी देवको घर मै पुगेर समाजिक सुरक्षा भत्ता कार्ड नविकरण गरिएको हो । भदौ मसान्त भित्र कार्ड नविकरण नगराए सरकारबाट पाउने उक्त सेवा सुविधाबाट बन्चित हुने भएकाले बृद्ध बृद्धा र शारिरीक रुपमा अशक्तको घर मै पुगेर नविकरण कार्य सूरु गरीएको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन ।

वडा नम्बर ७ बाट सुरु भएको यो अभियान भदौ मसान्त भित्र क्रमिकरुपमा नगरका सबै १६ वटै वडामा पुग्ने उनको कथन छ । बढदो उमेर तथा शारिरीक रुपमा अशक्त भई हिडडुल गर्न नसकि नविकरणका लागी वडा कार्यालय पुग्न न सक्नेहरुको पहिचान र अवस्था’bout समेत जानकारी लिई नविकरण गर्न थालिएको उनले सुनाईन ।

यसले जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तीलाई सहज हुने उनको भनाई छ । जनताको काम गर्ने क्रममा कार्यवाहक नगर प्रमुख परवीनको नेतृत्वमा पहिलो दिन वडा न ७ मा नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख रविन्द्र साह, वडा सचिव अमरनाथ दत्त, वडा सदस्य रामानन्द देव सहितको टोलीले उनीहरुको घर मै पुगेर कार्ड नविकरण गरेको छ । शारिरीक रुपले हिडडुल गर्न नसक्ने बचिया देवी र जगदम्बा देवी घर मै कार्ड नविकरण गराउन पाउँदा खुशी भइन ।

वडा सदस्य रामानन्द देवले दुर्घटनामा परेर तिघ्राको हडी भाचि स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचारका लागी भर्ना रहेका हरिनारायण लाल देवलाई बुधवार अस्पताल मै पुगी टोलीले स्वस्थ्य अवस्था’bout जानकारी लिनुका साथै उनको समाजिक सुरक्षा भत्ता कार्ड नविकरण गर्ने तयारी गरिएको जानकारी दिए । यसका लागी विरामी देवका आफन्त र अस्पताल प्रशासनलाई जानकारी समेत गराइएको उनले बताए ।

सरकारबाट जेष्ठ नागरिक तथा अशक्त अपाङ्गलाई प्रदान गरिएको उक्त सेवा सुविधाबाट कोही पनि बञ्चित नहोस भन्ने उदेश्यका साथ नविकरण कार्यलाई घरदैलो कार्यक्रमको रुपमा अघि बढाइएको राजविराज नगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान