नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवा पक्राउ

काठमाडौं । काठमाडौ प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा स्वास्थकर्मीलाई दुव्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेको छन् । पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की रहेका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो कार्कीको टोलीले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुव्र्ययवहार गरेका थिए ।

उत्तमको समुहले डा. कार्कीको झोला खानतलासी गर्दै फेशबुक लाईभ गरिरहँदा सुरक्षाका लागि खटिएका प्रहरी मुकदर्शक बनेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान