जेएनजीको नाममा खरानी भयो उपराष्ट्रपतिदेखि पुर्वमन्त्रीको घर

बारा । भ्रष्टाचारको विरोधमा जेएनजीले भदौ २५ गते देखि गरेको आन्दोलनमा देशमा अर्वौको सार्वजनिक सम्पत्ति जलेर नष्ट भएको छ । आन्दोलनलाई तुहिन केही अपराधिक मानसिकताका समुहले देशभर व्यक्तिगत सम्पति पनि नष्ट गरेको सर्वविदित छ ।

आन्दोलन कै नाममा बारामा उपराष्ट्रपति रामसहाय यादव, पुर्व मन्त्रीद्वय ज्वाला साह र किसान श्रेष्ठको घरमा आगजनी लुटपाट गरेका छन् । सोही क्रममा उपराष्ट्रपति रामसहाय यादवको कलैया उप-महानगरपालिका वडा नम्बर -५ स्थित घरमा आगजनी तथा लुटपाट गरेका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवामा रहेको पुर्व कृषि मन्त्री ज्वाला साहको घर जेएनजीको नाममा केही अपराधिक मानसिकताकाले आगो लगाई पुर्ण रूपमा ध्वस्त पारेका छन् ।

आफुहरुलाई बस्न घरको धेरै दुख रहेको बेला बनाएको घर जलेर खरानी हुदा आफु भित्रबाट टुटेको भावभिहल हुदै साहले बताईन । पहिला काठको घरमा मेरो दुई वटा छोराको बाल्यकाल बितेको उनले सुनाईन । वर्षाको समयमा घोरकोरईत प्रजातिका सर्प कहिले खुट्टामा आएर लटपटिने त कहिले बच्चाहरूको ओछयानमा घर नहुदा अति नै कठीनाई हुने गरेको पिडा समेत सुनाईन ।

पछि श्रीमानले भने ‘ हामीले त दुख काट्यौ छोराहरूले दुख काटन सक्दैन, त्यसैले दुई वटा भए पनि पक्की घर निर्माण गर्ने सल्लाह बमोजिम कलैयाको १ कठ्ठा १० धुर घडेरी बेचेर स्वच्छ वतावरण, शान्त माहौलमा पिलुवा जग्गा लिएर घर बनाएको साहले बताईन । घर बनाउन पनि धेरै मेहनत, खर्च लाग्ने गरैको अनुभव बताईन । घर बनाउदा आफ्न्त लगायत धेरै सहयोगले साथ दीएको समेत उनले बताईन । घरमा काठको प्रयोग बढी भएको जानकारी गराईन ।

किचन,शौचालय, हलसहित दुख गरेर बनाएको दुई तल्ले
घर घुसपैठहरुले घरानी बनाए । मार्ने उदेश्यले हतियार सहित घर जलाउन आएको साहले जानकारी गराईन । भिडले ‘ एमाले अध्यक्ष केपी ओलीको छोरी ज्वाला साहलाई काटनु पर्छ भन्ने अपशब्द समेत दिएका छन् ।

मेरो एक मात्र घरै शहरा रहेको जसलाई अपराधिक मानसिकताले जलाएर खरानी बनाए । आफु मर्ने अवस्थामा पुगेको साहले रुदै भनिन । घर बनाउन लिएको ऋण उधारै रहेको बताईन । फर्निचर देखि पसलहरूमा सबै बाकी रहेको जानकारी गराईन ।

बाल्यकाल देखि बुवा आमासंगै राजनिती गरेको करिव ३० वर्ष भन्दा बढीको समयमा समाजको लागि गरेको बताईन । आफ्नो कार्यकालमा सयौ युवा, युवतीलाई करार देखि लोकसेवाको जागिरमा सहयोग गरेको बताईन ।

घर बनाउन पाच वर्ष लाग्यो तर खरानी पाच मिनेट मै गरे , आफु शुन्य अवस्थामा आइपुगे अब फेरी घर बनाउने कि उधारो बैकको ऋण तिर्ने चिन्ताले सताएको साहले पिडा पोखिन । आफु खाली हात आएको र खाली हात जाने भएकोले आफ्नो बाकीको जिवन जनताको हकहितको लागि बित्नेछ उनले बताईन ।

देशमा भएको अप्रिय घटना प्रति खेद प्रकट गर्दै देशको हकहितको लागी आफ्नो ज्यानको आहुति दिएका जेएनजी भाइहरूको आत्मको शान्तिको लागि प्रार्थना समेत गरेकी छिन । मेरो घर नियोजित तरिकाले जलाएको साहले आरोप लगाइन । जनतालाई सेवा दिए तर दुःखको घडीमा कोही न आउदा मेरो छोराहरू फोन गरेर हौसला दिएको बताईन ।

क्षेत्र नम्बर ३ बाट विजयी भएकी साह नेपाल सरकारको कृषि मन्त्री बनेकी थिइन । पुर्व मन्त्री समेत रहेकी साह निस्वार्थ रुपमा राजनिति मात्र गर्दै आएकी छिन ।

त्यसै गरी बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) को घरमा भदौ २४ गतेको जेनजी आन्दोलनको नाममा घुसपैठहरुला ठुलो क्षति गरेका छन् । श्रेष्ठको निजि घर र घरभित्र पार्किङमा राखिएका चारवटा गाडीमा आगजनी भएको हो ।

घरमा रहेको ३ वटा ल्याण्ड क्रुजर प्राडो गाडी एउटा क्रेटा गाडी लगायत करिव ८ करोडको चार वटा गाडी जलाएर खरानी गरेको उनले बताए । करिव २ करोड बराबरको घरमा क्षति गरेको श्रेष्ठले बताए । कुल १० करोड बराबरको क्षति भएको उनले बताएका छन् ।

भाद्र २२ गते आफु बुवाको श्राद्ध गर्न स परिवार सहित भारतको बनारस स्थित काशीमा रहेको बेला सुनियोजित तरिकाले आगजनी गराएको उनले आरोप लगाएका छन् । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा रहेको नीजि निवास र नीजि सवारी साधनहरुमा तोडफोड र आगजनी गरिएको थियो ।

श्रेष्ठले भने, ‘छोराले सुरु गर्न लागेको उधोगमा समेत आगो लगाई सारा चिज ध्वस्त गराइएको छ । भदौ २४ गते घुसपैठ गर्नेहरु घर जलाएर रमाइलो गर्यौ, अबको दिन ति सम्पुर्ण हातहरूलाई कानुनको कठघरामा ल्याउन दिन गन्ती शुरु भएको श्रेष्ठले बताए । उच्चस्तरीय छानबिन समिति गठन गरी आफुले कसैसँग एक सय रुपैया पनि घुस लिएको प्रमाण सहित सावित भयो भने जसरी मेरो घर जलेको छ, ‘ त्यही हिसावले आफु जल्नेछ तयार रहेको खुल्ला चुनौती दिएका छन् ।

सिमरा जितपुरमा बसेर नियोजित तरिकाले जिएनजीको नाममा पठाएर घुसपैठ गर्ने सबैको जन्मकुण्डली आफु निर आइसकेको, चाडै सबैलाई कानुनी कठघरामा लैजान प्रमुख जिल्ला अधिकारीलाई सप्रमाण बुझाइएको जानकारी गराए ।

आफु हुने खाने परिवारको छोरा रहेकोले घुसपैठहरूले करोडौको क्षति गरेर सोचेका होलान, ‘ श्रेष्ठ रणभुमी छोडेर भाग्छ, ‘ तिमीहरूको दिवा सपना होला क्षेत्र नम्बर ४ को जनताको हरेक सुख दुखमा थिए, छु रहने प्रतिवद्धता गरेका छन् । पुर्व मन्त्री समेत रहेका श्रेष्ठको सिमरामा ग्यास उद्योग देखि प्लटिङ्गको कारोबार समेत रहेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलसंग कुरा गर्दा क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'