उदयपुरका नेकपा अध्यक्ष आइसोलेसनमा 

फाइल तस्वीर

उदयपुर । नेपाल कम्युनिष्ट पाटी (नेकपा) उदयपुरका अध्यक्ष बिनोदकुमार कटुवाल आइतबार देखि कटारी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । कोरोना संक्रमित पत्रकारको सम्पर्कमा रहेका अध्यक्ष कटुवाल आफैँ अस्पतालको आइसोलेसनमा गएका हुन् ।

अध्यक्ष कटुवाल उदयपुरमा शुक्रबार कोरोना पुष्टि भएका २५ वर्षीय पत्रकारसँग सम्पर्कमा थिए । संक्रमित पत्रकार र अध्यक्ष कटुवाल उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका– ११ गाईघाट बजारमा एउटै घरमा बस्दै आएका थिए । अध्यक्ष कटुवाल र पत्रकारले भान्सा समेत एउटै प्रयोग गर्ने गरेका थिए ।

‘कोरोना संक्रमित पत्रकार भाइसँग सम्पर्कमा थिएँ ।’ अध्यक्ष कटुवालले भने, ‘एउटै घरमा बसेको र घुलमिल समेत भएकोले आफै अस्पतालको आइसोलेसनमा आएँ ।’ घरमा बस्दा परिवार र समाजका अन्य सदस्यलाई समेत समस्या हुने देखेर नै अस्पतालको आइसोलेसनमा आएको उनले बताए ।

कटारी नगरपालिका–२ गुँरास अस्पतालको आइसोलेसनमा भर्ना भएको अस्पतालका सूचना अधिकारी इसराइल राइले बताए । अध्यक्ष कटुवाल अब चिकित्सकको प्रत्यक्ष निगरानीमा अस्पतालको आइसोलेसनमै रहने उनले बताए । त्यसैगरी संक्रमित पत्रकारसँगै सम्पर्कमा रहेका दुईमध्ये एक उदयपुर जिल्ला अस्पतालको आइसोलेसन र अर्का क्वारेन्टाइनमा राखिएका छन् ।

संक्रमित पत्रकारको कोडिभ–१९ अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । संक्रमित पत्रकारसँग जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खडगबहादुर परियार, अधिकारकर्मी, अन्य पत्रकारहरुलगायत दजर्नौं सम्पर्कमा रहेका खुलेको छ । उनीहरुको टे«सिङ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) बीरबहादुर बुढा मगरले जनाएको छ ।

पत्रकारमा संक्रमण देखिएसँगै त्रियुगा नगरपालिका– ३ भुल्केमा एकै समुदायमा सिमित रहेको कोरोना संक्रमण पहिलो पटक समुदाय बाहिर एक जनामा देखिएको हो । भुल्के बाहिर गाईघाट बजारमा कोरोन संक्रमित भेटिपछि नगरबासी त्रसित बनेको छ । भुल्केबाट नियमित रिपोर्टिङ गरि रहेका २५ वर्षीय पत्रकार संक्रमित भएसँगै गाईघाट बजारमा पहिलो पटक संक्रमण देखिएको हो । ती पत्रकारलाई शुक्रबार कोरोना पुष्टि भएको हो ।

उनीसहित उदययपुरमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । त्यसमध्ये १५ जना उपचारपछि डिस्र्चाज भइसकेका छन् । पहिलो पटक बैशाख ५ गते भुल्केको नूरी मस्जिदमा बस्दै आएका १२ जमातीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि क्रमश थपिदै शुक्रबार सम्म ३३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदययपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए । उनले भने उदयपुरमा कोरोना संक्रमण दोश्रो चरणबाट तेश्रो चरण समुदाय स्तरमा पुगेको स्पष्ट पारे ।

एक समुदायबाट संक्रमण बाहिरिएसँगै नोबेल कोरोना (कोभिड १९) रोकथाम तथा नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्य कार्यालय उदयपुरको प्रमुख सुबेदीले जानकारी दिए । संक्रमित पत्रकारलाई भुल्केबाट नै संक्रमण भएको हो या अनेत्रबाट हो भन्ने ’boutमा उसको कन्ट्याक्ट टे«सिङ तथा अनुसन्धान भई रहेको जनाए । समुदाय बाहिर कोरोना संक्रमण पुष्टि भएपछि अहिले उदयपुरका रेडियो त्रियुगा, रेडियो अर्मूत, रेडियो उदयपुर, रेडियो उपहार, रेडियो युके, रेडियो समाबेशी, बरुवा टाईम्स दैनिक, त्रियुगा एक्सपे्रस दैनिक, मुलुकी दैनिक, गाईघाट टुडे, जनभाव दैनिक लगायतमा कार्यरत १ सय १० भन्दा बढी पत्रकारहरु सनिवार देखि होम क्वारेन्टीनमा बसेको बरिष्ठ पत्रकार कौशल चेम्जोङले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

epaper

ताजा समाचार

साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिबल’ सम्पन्न