बलिदानको ‘यो ज्यान बलिदान’ सार्वजनिक

काठमाडौं । आगामी दसैँलाई लक्षित गरेर फूलपाती १३ असोजबाट रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’को मंगलबार नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘यो ज्यान बलिदान’ शीर्षकको सार्वजनिक गीतमा स्वर तथा संगीत सुजन चापागाईँको रहेको छ । गीत देश र आमा प्रति समर्पित छ । जसमा कोविद बज्रले संगीत संयोजन गरेका छन् । यो गीतलाई हर्क साउदले लेखेका हुन् ।

आसुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जंग पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई सन्तोष सेनले निर्देशन एवम् निर्माण गरेका हुन् । जसमा दर्शन जीको लेखन छ । यसको अर्का निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छा रिहा हुने