‘मिस्टर नेपाल वल्र्ड २०२५’ बने हिमाञ्चल

काठमाडौं । काठमाडौँमा शनिवार अबेर राती सम्पन्न ‘मिस्टर नेपाल वल्र्ड–२०२५’ को उपाधि ललितपुरका हिमाञ्चल राज केसीले जितेका छन् । सो ग्राण्ड फिनालेको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट जवाफ दिँदै आफ्ना २७ जना प्रतिस्पर्धीलाई उछिनेर हिमाञ्चलले सो उपाधि हासिल गरेका हुन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्र्ड २०२५’मा भाग लिने भएका छन् ।

सो उपाधि जितेपछि हिमाञ्चलले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने,‘दुई दशक भन्दा लामो इतिहास बोकेको मिस्टर नेपालको टाइटल जित्दै आज मिस्टर नेपालको रूपमा चिनिन पाउँदा एकदमै खुसी लागेको छ । अब चाँडै अन्तर्राष्ट्रिय प्रतियोगितामा गएर नेपालको नाम उच्च राख्ने तयारीमा जुट्ने छु ।’

यस्तै सोही प्रतियोगितामा अन्य दुई शीर्ष उपाधि मध्य ‘मिस्टर ग्लोबल नेपाल’को उपाधि भद्रपुर, झापाका गिरीश रत्न शाक्यले हासिल गरे । यस्तै ‘म्यान अफ द वल्र्ड’को उपाधि मोरङका प्रकाश चौहान प्राप्त गरे । विजेता शाक्य र चौहानले यो उपाधि प्राप्त गरेसँगै अब आफूहरू यी दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने बताए ।

यी तीनै जनाले ‘मिस्टर वल्र्ड २०२५’, ‘मिस्टर ग्लोबल २०२५’ र ‘म्यान अफ द वल्र्ड’मा सहभागी हुने अवसरसँगै जनही ५ लाख रुपैयाँ बराबरको पुरस्कारसमेत प्राप्त गरेका छन् ।

यो ग्रान्ड फिनाले समारोहमा अन्य उपाधि तर्फ ‘मिस्टर मल्टिमिडिया’ र ‘मष्ट एक्टिभ’ प्रकाश चौहान, ‘बेष्ट पर्सनालिटी’ हिमाञ्चल राज केसी, ‘मिस्टर कमर्सियल’ आशिष गिरी, ‘मष्ट इन्टरलेक्चयुल’ सक्रिय घिसिङ तामाङ, ‘मिस्टर स्टाइल आइकन’ निश्चल मानन्धर, ‘मष्ट ट्यालेन्ट’ विजय स्याङतान, ‘बेष्ट फिजिक’ लक्ष्मण चन्द ठकुरी, ‘मष्ट पपुलर’ अस्टिन शेरचन, ‘बेष्ट स्पोर्ट म्यान’ दर्पण सिंह गिरी, ‘मष्ट क्रियटिभ’ सबल कटुवाल र ‘जेन्टल म्यान वीथ प्रोपोस’ गिरीश रत्न शाक्य घोषित भए ।

प्रतियोगीहरूलाई करिब ४५ दिनको विभिन्न प्रशिक्षण दिएर यो प्रतियोगितामा उतारिएको थियो । यो प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिप अभिनेता प्रशान्त ताम्राकारले गरेका थिए ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि युवाहरुलाई लक्षित गरेर यो प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै आएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले कार्यक्रममा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

रेलको ठक्करबाट रोमानियामा २ नेपालीको मृत्यु