लण्डन । रोमानियाको पूर्वी सहर बकाउमा रेलको ठक्करबाट आइतबार बिहान दुई नेपालीको मृत्यु भएको छ । उनीहरुको पहिचान सार्वजनिक गरिएको छैन ।
बकाउस्थित आपतकालीन अवस्था निरीक्षणालय (आईएसयू) द्वारा जारी विज्ञप्तिअनुसार आइतबार बिहान ३ः२१ बजे चिमिएई सडक क्षेत्रस्थित रेलमार्गमा हिँडिरहेका दुई जनालाई रेलले ठक्कर दिएको थियो । घटनालगत्तै एम्बुलेन्स, उद्धारकर्मी तथा चिकित्सकको टोली घटनास्थलमा परिचालन गरिएको आईएसयूले जनाएको छ । घटनास्थलमा पुगेका उद्धारकर्मीले दुई जनालाई मृत अवस्थामा फेला पारेका हुन् ।
घटना’bout अनुसन्धान सुरु गरिएको रोमानियाली प्रहरी र रेल्वे अधिकारीहरूले जनाएका छन् । ‘उनीहरू कसरी रेलमार्गमा पुगेका थिए । दुर्घटना कुन परिस्थितिमा भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)
सम्बन्धित समाचार
पानीधारा र चुमखोलामा पहिरो, आवागमन ठप्प
सुकुना मावि यौन दुर्व्यवहार आरोप प्रकरण : ३ जना पक्राउ, थप अनुसन्धान तीव्र
अब पूर्वसहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
सशस्त्र प्रहरीद्वारा झण्डै १५ लाख रुपैयाँबराबरका अवैध सामानसहित एक जना पक्राउ
स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत करबाट सरकार पछि हट्यो
बानियाँ नेतृत्वको बागमती सरकार अल्पमतमा
‘बाँदर हेरालु’का लागि जागिर खुल्यो, मासिक तलब कति ?
ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?






