पछिल्लो पुस्ता, सचेत पुस्ता । प्रविधिको पुस्ता । तातोतातो नतिजा । रूपान्तरित भइरहँदा जिनले चर्चा पाएको छ । बजार विचारले पिटेको छ । वास्तवमा विचार कसरी बनाउन सकिन्छ ? यसमा कुनै सिद्धान्त हुन्छ या यो निर्माण गरिन्छ ? यो जटिल प्रश्न छ ।
कतिपय मैले विचार बोकेको छु, मैले झन्डा बोकेको छु भन्ने तर्क गर्छन् तर यसलाई कुन परिवेशले प्रभावित गर्छ ? कस्ता विचार बोक्न सकिन्छ भन्ने’bout कौतुहलता छ । विचार केले बोक्ने ? मनले कि मस्तिष्कले ? यसको भेग कस्तो छ ? यो जटिल कुरा हो ।
२०७२ सालको भूकम्पपछि भौतिक पुनर्निर्माणको कुरा हामीले उठायौं । समय र चेतनास्तर वृद्धिसँगै अबको समय विचार पुनर्निर्माणको हो । जीवन पुनर्निर्माणको हो । जसरी हामीले भौतिक निर्माण ग¥यौं, त्यसैगरी मानव विकासको पाटो बिर्सिएका छौं ।
अब हामीले यदि केही विषय र परिस्थिति बुझेर विचार निर्माण गरेका छौं भने विचार पुनर्निर्माण गर्ने बेला भएको छ । ७२ देखिको दशक भौतिक पुनर्निर्माणमा बित्यो । अब विचार पुनर्निर्माणको बेला आएको छ तर यस विचारलाई कसरी पुनर्संरचना गर्न सकिन्छ ? यसका तŒवहरू के
हुन् ? त्यो पहिचान गर्न जरुरी छ । उपनिषद्ले भनेको छ, ‘इन्द्रियभन्दा पर मन छ, मनभन्दा पर बुद्धि छ । बुद्धिभन्दा पर महŒव छ ।’
अब महŒव बुझेर बुद्धि बनाइन्छ या बुद्धिअनुसार महŒव बुझिन्छ । इन्द्रियले आफ्नो मन नियन्त्रणमा राख्छ कि मनले इन्द्रियलाई नियन्त्रणमा राख्नुपर्छ । यो नयाँ पुस्ताको खोजीमा आएको छ । वास्तवमा मन बिजुलीको वेगभन्दा छिटो हुन्छ । जति सानो कण भयो, त्यति नै धेरै महŒव हुन्छ । विचार सकारात्मक र नकारात्मक दुवै उत्पन्न हुन्छन् । मस्तिष्कचाहिँ चेतन, अर्धचेतन र अचेतन स्वरूपमा बसेको हुन्छ ।
विचार शरीरबाट बाहिर आउँछ तर कहीँ मिसिएको छैन । हावापानी कुनै तत्वमा मिसिदैन तर प्रभाव पार्छ । त्यसैले हामी कस्तो बन्ने ? कस्तो परिवर्तन ल्याउने ? भन्नका लागि विचार बनाउन जरुरी छ । यदि कुनै घटनाले, सिकाइले, भोगाइले हाम्रो विचार बसिसकेको छ भने त्यसलाई बदल्न सकिन्छ भनिएको छ । गीतामा भनिएको छ कि ‘जस्तो हुने इच्छा छ आफूलाई, उस्तै मन बनाउनुपर्छ ।’
कसैले सकारात्मक ऊर्जा दिएर सकारात्मक विचार बनाइदिन सक्छन् । कतिपयले चाहिँ नकारात्मक ऊर्जा थपेर जबर्जस्ती विचारलाई खराब बनाइदिन्छन् । पानीमा चिनी वा नुन घुलेपछि त्यहाँ देखिँदा पानी देखिन्छ तर स्वाद चिनी वा नुनको आउँछ । यसकारण कतिपय हेरेको अवस्थालाई विचार निर्माणको माध्यम बनाउन सकिँदैन ।
गीतामा भनिएको छ, ‘पाप काठ समान हुन्छ भने ज्ञान अग्नि समान हुन्छ ।’ काठ धेरै छ र अग्नि थोरै छ भने पनि सबै भष्म बनाउनसक्ने क्षमता त्यसमा हुन्छ । तसर्थ, अबको दशकलाई विचार पुनर्निर्माणको दशक बनाऔं । अकल्पनीय घटना जुन सपना पनि देख्न सकिँदैन या कुनै एउटा लेखकले चलचित्रको कथा पनि लेख्न सक्दैन । त्यस्तो चोट हामीले भोगिसकेका छौं । यो समाज सबै प्रकारका पुस्ताहरूको हो ।
विचार बदल्न नसक्ने र सच्चिन नसक्नेहरू आफैं सकिनेछन् । अवसरचाहिँ दिनुपर्छ । गल्ती गर्नुलाई गल्ती मात्रै भनि“दैन, यदि त्यसबाट सिकाइ हुन्छ भने तर सिकाइबाट पनि पुन गल्ती हुन्छ भने त्यो विचारलाई बदल्नुपर्छ, पुनर्निर्माण गर्नुपर्छ ।
अब हामीले यदि केही विषय र परिस्थिति बुझेर विचार निर्माण गरेका छौं भने विचार पुनर्निर्माण गर्ने बेला भएको छ । ७२ देखिको दशक भौतिक पुननिर्माणमा बित्यो । अब विचार पुननिर्माणको बेला आएको छ तर यो विचारलाई कसरी पुनर्संरचना गर्न सकिन्छ ? यसका तŒवहरू के–के हुन् ? त्यो पहिचान गर्न जरुरी छ
२२औं शताब्दीनजिक रहेका हामीसँग अब कस्तो मस्तिष्क हुने ? कस्तो विचार बोक्ने ? गम्भीर बहसमा आउनुपर्छ । आफूलाई राम्रो लागेको कुरा अरूलाई नराम्रो पनि लाग्नसक्छ । दर्शनले भन्छ, ‘कुनै ठाउँमा आगो लाग्यो भने त्यहाँ धुँवा देखिन्छ र आगोको परिकल्पना गरिन्छ ।’ देखिने नतिजा धँुवा हुन्छ तर विचार आगो हुन्छ । त्यसैले विचार बुझ्न गहिरो दर्शनभित्र प्रवेश गर्नुपर्छ । मानौं कि बाटोमा हिँड्दा कसैलाई ठेस लागेको तीखो ढुंगा, विश्वास गर्नेका लागि देवता पनि हुनसक्छ । त्यही ढुंगाले पूजा पनि पाउन सक्छ, त्यही ढुंगो फालेर टुक्राटुक्रामा रूपान्तरित पनि हुनसक्छ ।
नेपाली सामाजिक परिवेशअनुसार हामी कतिपय विद्वानका विचारबाट प्रभावित हुन्छौं । कति बीपीका विचारबाट, कति मदनका विचारबाट, कति माओका विचारबाट प्रभावित छन् । ती विचारले पत्ता लगाएका सिद्धान्त प्रयोग गर्न प्रयास गरिरहेका छौं तर ती सबै अनुत्तरित छन् । यतिबेला जिनको विशेषताले विचारलाई प्रभाव पार्छ कि विचारबाट जिनको जन्म हुन्छ ।
माटोअनुसारको सिद्धान्त हुन्छ कि सिद्धान्तअनुसार माटो तयार पारिन्छ । आवश्यकताका आधारमा सिद्धान्त भनेको के हो ? नयाँ पुस्ताले बुझाउने प्रयास गरेको देखिन्छ तर यसको प्रयोग पछाडि अल्पकालीन, दीर्घकालीन प्रभाव के पर्छ भन्दा पनि तत्काल देखिएको समस्या समाधानतर्फ उन्मुख हुनसक्छ । जस्तै– एउटा पत्रकारले कुनै गोप्य कुरा प्रकाशन, प्रसारण गर्नुप¥यो भने ‘स्रोतअनुसार’ भनेर उल्लेख गर्छ, त्यो भवितव्य विचार हो । जसको नतिजा स्वयं विचार प्रकट गर्नेलाई पनि थाहा नहुन सक्छ । यो सबै समय र परिस्थितिको नतिजा हो । त्यसैले युगानुकूल विचार बनाऔं, विचार पुनर्निर्माण गरौं । सफा चिन्तन बनाऔं ।
२०७२ सालमा विनाशकारी भूकम्पपश्चात् पुनस्र्थापनाका लागि, पुनरूत्थानका लागि भूकम्प लाभग्राही सूची विवरण तयार पारियो । भूकम्पबाट क्षति भएका भौतिक संरचना निर्माणका लागि लाभ प्राप्त गर्न परिवार फुटे । मिलेसम्म घरपरिवारको रकम लिने काम भयो । तर, त्यसबाट विचार कमजोर हुँदा वा योजना असफल हुँदा सोचेजति नतिजा प्राप्त हुन सकेन ।
अब यो २०८२ को दुईदिने परिवर्तनले विचार पुनर्निर्माण गर्नुपर्छ । हरेक नागरिकमा चेतना विकास हुनुपर्छ । नेतृत्व फरक ढंगले जन्मनुपर्छ । त्यो नेतृत्व कसैको पनि फेरो समातेर जन्मेको नहोस् । आवश्यकताका आधारमा परिस्थितिजन्य नेतृत्व अहिलेको परिस्थिति हो । तर, त्यसले दीर्घकालीन नतिजा दिनुपर्छ । जसरी भौतिक पुनर्निर्माणलाई वडास्तरबाटै सुरु गरेर राष्ट्रियस्तरमा सफल बनाइयो ।
अबको पुस्तालाई हामीले विचार पुनर्निर्माणका लागि तल्लो जगदेखि नै प्रयास गर्नुपर्छ । कार्यान्वयन गर्नुपर्छ । अग्रसर बनाउनुपर्छ । कुनै पनि प्यानलमा च्यानलमा रहेर अगाडि बढ्ने प्रक्रिया रोक्नुपर्छ । क्षमता र प्रतिभा विकास हुनुपर्छ । सन्तुलित रूपमा सकारात्मकमा गएर ‘कसरी अडिने ?’ भनेर सिकाउनुपर्छ ।
हामीले कयौंपटक सकारात्मक बन्ने प्रयास गरेका हुन्छौं । सकारात्मक सोच बनाउने हो कि सकारात्मक विचार बनाउने हो । कि प्रश्न सकारात्मकमा कसरी अडिने भन्ने हो ? अहिलेको समाजमा भएको चाहिँ सकारात्मकमा अडिन नसकेको सकारात्मक सोच, सकारात्मक चिन्तन, सकारात्मक मार्ग हो । हामी सबैले जान्यौं र गम्भीर समीक्षा यो हुनुपथ्र्यो कि हामी सकारात्मकमा किन अडिन सकेनौं । हामीले आफ्नो लक्ष्य निर्धारण किन गर्न सकेनौं ? लक्ष्यअनुसार विचार उत्पन्न हुन्छ । विचार सर्छ । एउटा पुस्ताबाट अर्को पुस्तामा सर्छ ।
हाम्रो मनभित्र एकदिनमा कति विचार आउँछन्, ती कति राम्रा होलान्, कति नराम्रा ? कतिपय विद्वानले एकदिनमा ‘हामी ६० हजार सोच ल्याउन सक्छौं’ भनेका छन् । यसमा हामी परिवर्तन, सकारात्मक र लक्ष्यसहितको सोच कति राख्छौं ? त्यो यो पुस्ताले बुझ्न जरुरी हुनसक्छ । हामी लक्ष्य नै निर्धारण नगरीकन अगाडि बढिरहेका छौं ।
लामो समयदेखि हामीमा एउटा आदत बसेको छ कि नेतृत्वले विचार बोक्छ, त्यो विचारको पछि लाग्नुपर्छ, त्यही सिद्धान्तलाई हामीले अँगाल्नुपर्छ । तर, पछिल्लोपटक एउटा अनौठो नेतृत्व विकासको शैली देखाप¥यो । जहाँ नेतृत्व छैन, परिस्थिति कस्तो बन्छ, त्यस्तै नेतृत्व जन्मन्छ । जुन विषय उठ्छ, त्यो विषय पार लगाउने स्थिति आउँछ ।
यस्तो हुँदा हिजो हामीले भनेका नेतृत्वहरूले बाँचुञ्जेल गरेको नेतृत्व किन क्षणिक जस्तो लाग्यो ? तसर्थ, विचार कुनै व्यक्तिको बोक्ने होइन । विचार आफंैमा हुन्छ । त्यही विचार हामीले कार्यान्वयन गर्नुपर्छ । यो संसारमा विचार बनिसकेका छन् । तपाईंको मस्तिष्कले कति लिनसक्छ, त्यही प्राप्त गर्ने हो र त्यसलाई आवश्यकताका आधारमा पुनर्निर्माण गर्ने हो ।
हामी नेपालीमाथि वैशिक रूपमा प्रश्न उठिरहँदा विचार रूपान्तरण, पुनर्निर्माण गर्नुपर्छ । यसलाई संगतले प्रभाव पार्छ । त्यसैले कस्तो संगत गर्ने ? त्यो समाज कस्तो बनाउने ? हामीमा समालोचनात्मक चिन्तन हुन जरुरी छ । एक अगाडिको पुस्ता छ, जसमा विचार पहिल्यै निर्माण भएर चट्टानी रूपमा बसेको छ । त्यो परिवर्तन हुँदैन । एकथरी युवामा विचार नयाँखाले छ, कार्यान्वयन शैली पुरानोखाले छ । केही युवामा विचारले विचारलाई काटिरहेको छ । स्वाभाविक रहेछ ।
हामी समाजमा अरुले कुरा काट्यो हाम्रा कुरा सुनेनन् विचार फैलिएन भन्छौं तर अचम्म यो रहेछ कि आफ्नो विचारले पनि आफ्नो विचार काट्दोरहेछ । अझ अरूको विचार बोकेर हिँड्ने हो भने अवस्था के होला ? त्यसैले अब उमेरले ‘युवा’ या ‘वृद्ध’ शब्दले परिवर्तन आउँदैन । विचारले मात्रै परिवर्तन पुनर्निर्माण गरौं ।






