‘चलचित्रमा पुस्तान्तरणको समस्या’:अञ्जना बराइली

काठमाडौं । अञ्जना बराइलीले चलचित्र ‘महापुरुष’बाट नायिकाको रूपमा नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी थिइन् । पहिलो चलचित्र नै बक्स अफिसमा सुपर हिट भएपछि यी अभिनेत्री खाली बस्नु परेन । चलचित्र क्षेत्रमा आएको तीन वर्षमै यी अभिनेत्रीले एक दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । उनी ‘जेनजी’ पुस्ताकी व्यस्त अभिनेत्रीमा पर्छिन् ।

नेपाली राजनीतिमा जस्तै नेपाली चलचित्रमा पुस्तान्तरणको आवश्यक यी अभिनेत्रीले औँल्याएकी छिन् । काठमाडौँमा एक कार्यक्रममा उनले यस्तो भनाई राखेकी हुन् । ‘जेनजी’ पुस्ताले नेपाली राजनीतिमा दुई दिनमै परिवर्तन ल्याएको उदाहरण दिँदै यी अभिनेत्रीले नेपाली चलचित्र उद्योगमा पनि ‘जेनजी’ पुस्ताले परिवर्तन ल्याउने विश्वास व्यक्त गरेकी छिन् ।

अहिलेका पुस्ता निकै चलाख रहेको पनि उनले बताइन् । नयाँ पुस्ताको चलचित्र रोजाई’bout यी अभिनेत्रीले भनिन्,‘अहिलेका पुस्ताहरू चलचित्रसँग यति धेरै नजिक छन की अब निर्माताहरूले कस्तो चलचित्र बनाउने भन्दा पनि यो पुस्ताले कस्तो चलचित्र चाहन्छ भन्ने कुरा बुझेर चलचित्र बनाउन आवश्यक छ ।’

अभिनेत्री अञ्जनाको भनाइमा उनलाई सानै देखि चलचित्रप्रति चाख थियो । चलचित्रमा नायक नायिकाले गीत गाउँदा उनीहरू नै सक्कली गायक गायिका हुन भन्ने विश्वास बाल्यकालमा अञ्जनाले गरेकी थिइन् । धेरै पछि चलचित्रमा गीत गाउने त अरू नै हुँदा रहेछन् भन्ने उनले जानकारी पाइन् । यही जिज्ञासाले उनलाइ चलचित्रमा आकर्षित गरेको रहेछ ।

अञ्जनाको परिवारबाट चलचित्र क्षेत्रमा कोही पनि थिएनन् । उनलाई नेपाली चलचित्रको नायिका बन्न त्यति सजिलो थिएन । अडिसन दिएर नायिकाको रूपमा उनी महापुरुषमा छानिएकी थिइन् । आज आफ्नै बलबुताले यो क्षेत्रमा आएको र विस्तारै स्थापित हुँदै गएको उनी बताउँछिन् ।

‘मैले चलचित्रमा नायिकाको रूपमा काम पाउँदा पनि एउटा चलचित्र त खेल्छु होला, त्यसपछि मैले काम पाउँछु की पाउँदिन । यो क्षेत्रमा म कसरी टिक्छु होला भन्ने चिन्ता लाग्थ्यो,’अभिनेत्री अञ्जनाले भनिन्,‘मैले अभिनय गरेको पहिलो चलचित्र ‘महापुरुष’मै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य जस्ता दिग्गज कलाकारसँग काम गर्न पाउनुलाई आफ्नो अहोभाग्यको रूपमा लिएकी छु । त्यो क्रममा उहाँहरूले एउटा अभिभावकको जत्तिकै सही मार्ग देखाएर चलचित्रमा अघि बढ्न प्रेरणा दिनु भयो र उहाँहरूको समीपमा मैले धेरै कुरा सिक्ने अवसर पाएँ ।’

अधिकांश चलचित्रमा आफूले अग्रज कलाकारहरूसँग काम गर्ने र सिक्ने अवसर पाएको पनि यी अभिनेत्रीको कथन छ । तथापि चलचित्रमा काम गर्ने क्रममा आफूले अघिल्लो पुस्ता र नयाँ पुस्ताबिच पुस्ता अन्तरको समस्या देखेको उनले बताइन् । यसको कारण’bout अञ्जनाले भनिन्,‘हामी अग्रज पुस्ता भनेर उहाँहरूलाई आफ्नै हिसाबले आदर सत्कार गछौँ । तर अग्रजहरूले हामीलाई यिनीहरू नयाँ आला काँचा छन् भनेर अलिक दुरी बनाउने गरेको मैले छायांकनको क्रममा देखेको छु’, तर अब अग्रज र नयाँ बिच पुस्ता अन्तरको यो भिन्नता हटाउनु पर्ने उनको सुझाव छ ।

आफूहरूले अग्रज पुस्तालाई जहिले पनि आदर र सम्मान गर्दै आएको पनि अञ्जनाको कथन छ । तर अग्रज पुस्ताहरू नयाँ पुस्ताबाट डराउने, नयाँ पुस्तासँग घुलमिल गर्न हिचकिचाउने गरेको यी अभिनेत्रीले बताइन् । नयाँ पुस्ताका कलाकारहरु बोल्दैनन्, भाउ खोज्छन् भन्ने मान्यता त्यागेर अग्रजले नयाँलाई आफ्ना छत्रछायामा अघि बढाउनु पर्ने पनि उनले बताएकी छिन् ।

यी अभिनेत्रीको यति बेला नयाँ चलचित्र ‘वरिष्ठ बलाराम’ रिलिजको मुखमा रहेको छ । यो चलचित्र आगामी ६ कात्तिकमा भाइटिकाको अवसर पारेर नेपालमा रिलिज हुँदै छ । नेपालसँगै थुप्रै देशमा रिलिज हुने यो चलचित्रमा दयाहाङ राई, बिजय बरालसँग अञ्जनाले मुख्य भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा यी दुई अभिनेता मध्य कसको जोडी बनेकी छिन भन्ने कुरा अञ्जनाले खुलाएकी छैनन् । तर यो चलचित्रबाट उनी निकै आसावादी छिन् । अभिनेत्री अञ्जनाले चलचित्र ‘वरिष्ठ बलराम’बाट अहिलेसम्मकै सबैभन्दा महंगो पारिश्रमिक लिएको स्विकारेकी छिन् । तर पारिश्रमिकको रकम ’bout भने उनले खुलाएकी छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक