काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले युवा तथा खेलकुदमन्त्री बनेका बब्लु गुप्ताले मन्त्री बन्नको लागी रुटिन अफ नेपाल नामक सामाजिक सञ्जाल पेजका सञ्चालक भिक्टर पौडेललाई २ कारोड रुपैयाँ घुस बुझाएको आरोप लगाएका छन ।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाउने अल्टिमेट सकिएको र भत्काउन लागेको भन्दै सुकुम्बासी बस्तीमा प्रसाईंले यस्तो बताएका हुन । उनले भने, ‘मैलै सुनेको बब्लु गुप्ताले मन्त्री हुदाँ बन्दा २ करोड रुपैयाँ बुझाएको रे, हेर्नुहोस याहाँ मन्त्रीपद खरिद बिक्री हुँदैछ ।’
भिक्टर पौडेल तिनै व्यक्ति हुन जसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई जिताउन महत्व पूर्ण भुमिका खेलेका थिए ।
पौडेल मेयर शाहका अत्यन्त निकट र विश्वास पात्र समेत मानिन्छन । साथै प्रसाईंले सुकुम्बासी बस्ती आफूले भत्काउन नदिने घोषणा समेत गरेका छन ।
सम्बन्धित समाचार
२ प्रहरी हत्याको कसुरमा थप ५ जना पक्राउ
काठमाडौं महानगरको १ अर्ब ७८ करोड बक्यौता, तर काटिएन बिजुली
सुनको मूल्यमा आज पनि भारी गिरावट
सम्मानजनक प्रसुति, प्रसुति हिंसा र मानवअधिकार संरक्षणमा सीमित अध्ययन
विपी राजमार्गमा राति सवारी नचल्ने
पृथ्वी माविमा नि:शुल्क दन्त शिविर, ६११ विद्यार्थीको उपचार
६ पेज लामो नोट लखेर लेखापाल आशा लामा बेपत्ता
वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता






