कुवेतमा आफैले चलाएको टिफ्फर ब्रेकफेल हुँदा …

काठमाडौं । कुवेतमा आफैले चलाएको टिफ्फर ब्रेकफेल हुँदा एक नेपालीको बाँया तीरको दुई वटा करङ भाँचिएको छ। भोजपुरको साविकको हेलौँछा गाबिस वडा नं ४ सोलाखाम, हालको भोजपुर नगरपालिका २ सोलाखाम घर भएका लाल बहादुर तामाङको आफै चलाएको टिफ्फर दुर्घटना हुँदा दुई वटा करङ भाँचिएको हो।

गत ८ नोभेम्बरका दिन आफैले चलाइरहेको टिफ्फरको ब्रेक फेल भएर अनियन्त्रित हुँदा टिफ्फर पल्टिएर दुर्घटना भएको र हाल कुवेतको सेख जावेर अल अहमद हस्पिटलमा उपचार गराइरहेका गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जनाएको छ । एनआरएनए कुवेतका अनुसार तामाङको बाँया तीरको दुई वटा करङ भाँचिएको, छातिमा रगत जमेको, बाँया खुट्टाको घुँडाको हड्डि फुटेको र शरिरको अन्य विभिन्न भागमा रगत जमेको रिपोर्ट आएको छ।

डाकटरहरुले विभिन्न प्रणालिबाट उक्त जमेको रगतहरु निकाल्ने प्रयास गरिरहेको र छातिमा निक्कै ठुलो असर परेका कारण जमेको रगत निकाल्न अपरेसन गर्नुपर्ने डाक्टरको सल्लाह रहेको जनाएको छ । जस्को कारण स्वास्प्रस्वासमा समेत समस्या देखिएकोले अक्सिजन समेत प्रयोग गर्नुपरेको एनआरएनए कुवेतका अध्यक्ष दिल कुमार पाख्रिनले जानकारी दिए।

दुर्घटना पछि अध्यक्ष पाख्रिन, आइसिसि सदस्य पुष्कर धामी र महासचिव विजय धमिले हस्पिटल भ्रमण गरी बिरामीको अवस्था ’bout जानकारी लिएका छन्। उनीहरुले डाक्टरहरु सँग के कसरी हुन्छ बिरामीको सफल उपचार गरिदिन अनुरोध गरेका छन्। एनआरएनले कुवेतमा कार्यरत नेपालीले भोग्नु परेका समस्या समाधानमा संयोजन तथा सहयोगी भूमिका खेल्दै आएको छ।

उनी त एक प्रतिनिधि उदाहरण मात्र हुन्।कुवेत लगायत अन्य मुलुकमा हजारौं नेपाली श्रमिक विदेशमा अंगभंग भएका छन् भने दैनिक चार नेपालीको शव रातो बाकसमा फर्किने गरेका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दस महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७ जनाको शव ल्याईएको छ। वैदेशिक रोजगारको सिलसिलामा दु:ख कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेका तथा अंगभंग भएर दु:ख पीडा र बेदना आम नेपालीको नियति जस्तै बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुरा अस्पतालको ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन