नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार

पोखरा । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखराको बिरौटामा उपशाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले बिहीबार उक्त शाखाको उद्घाटन गरे । कम्पनीले बिहीबार नै तनहुँको दुलेगौडामा पनि उपशाखा संचालनमा ल्याएको जनाएको छ । उक्त उपशाखाको प्रमुख कार्यकारी अधिकृत पराजुलीले नै उद्घाटन गरेका हुन् ।

पराजुलीले कम्पनीको सेवा विस्तार गर्ने उदेश्यसहित उपशाखा बिस्तार गरिएको बताए । ग्रासरुटमा कम्पनीलाई बिस्तार गर्ने नीतिअन्तर्गत बिस्तार गरिएको पराजुलीले स्पष्ट पारे । गण्डकी प्रदेशमा कम्पनीको उपस्थिति के छ, अहिले भइरहेको बजारभन्दा पनि नयाँ बजारको खोजी गर्न उनले मातहतका कर्मचारी, प्रतिनिधिलाई निर्देशन दिए ।

नेपाल बिमा प्राधिकरणका गण्डकी प्रमुख मिश्रले बीमितलाई सेवासुविधा दिन आग्रह गरे । प्राधिकरणमा अभिकर्ताको विषयमा प्रश्न उठेकाले मिश्रले बिमा अभिकर्ता छनोट गर्दा ध्यान दिन कम्पनीलाई सुझाव दिए । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स), गण्डकी अध्यक्ष बद्री पौडेलले बिक्रीपछिको सेवालाई ध्यान दिन सक्नुपर्ने बताए । नेपाल लाइफ इन्स्योरेन्स प्रदेश कार्यालय गण्डकी प्रमुख शहदेव अधिकारीले बिमा बजारको सम्भावना अध्ययन गरेर बिरौटामा उपशाखा संचालनमा ल्याइएको बताए ।

कम्पनीको पोखरा न्यूरोडमा सुविधासम्पन्न प्रादेशिक भवन छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार